काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधानको धारा ७६को उपधारा (२) बमोजिम आफ्नो दाबी पेश गरेकाछन् । प्रतिनिधि सभाका बहुमत सदस्यहरु रहेको नेपाली कांग्रेस र नेकपा एमालेको मसर्थनमा ओलीले प्रधानमन्त्रीमा दाबी पेश गरेका छन्। शुक्रबार साँझ राष्ट्रपति भवन शीतल निवास पुगेर एमाले अध्यक्ष ओलीले प्रतिनिधि सभाका कूल सदस्यमध्ये बहुमत सदस्यहरु रहेको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार बनाउन संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेका हुन्। ओलीले संसद्को पहिलो दल कांग्रेसका ८८ र दोस्रो दल एमालेका ७८ गरी १६६ सांसदको समर्थनमा प्रधानमन्त्रीमा दाबी पेस गरेको हुन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधि सभामा विश्वासको मत नपाएपछि स्वत पदमुक्त…