प्यूठान । असार १० मा बजेट ल्याउने संबैधानिक ब्यवस्था अनुसार प्यूठानका स्थानीय तहले पनि आगामी आर्थिक बर्षका लागी बजेट ल्याएका छन् । प्यूठानका ९ वटा स्थानीय तह मध्य झिमरुक गाउँपालिका बाहेक अन्य ८ स्थानीय तहको आगामी आर्थिक बर्ष २०८१र ०८२ को बजेट करिब ५ अर्ब ७ करोड हाराहरी छ । झिमरुक गाउँपालिकाले शोमबार बजेट प्रस्तुत गर्न सकेन । झिमरुकमा जनप्रतिनिधि बिचको बिबाधका कारण बजेट प्रस्तुत हुन नसकेको हो । तर झिमरुकले पनि करिब ६२ प्रतिशत बजेट पुँजिगत सहित करिब ६१ करोड बढि बजेट प्रस्तुत गर्दैछ । प्यूठानमा कुन स्थानिय तहको बजेट कति ? १. गौमुखी गाउँपालिका गौमुखी गाउँपालिकाले आगामी आर्थिक बर्ष…