प्यूठान । जिल्लामा मृगौला फेल भएका बिरामीको उपचारका लागि डायलासिस मेसिन खरिद गर्न प्यूठान उद्योग वाणिज्य संघले आर्थिक सहयोग गरेको छ । मेसिन खरीद गर्न संघले एक लाख रुपियाँ सहयोग गरेको हो । शनिवार स्वर्गद्वारीमा बसेको लायन्स क्लब अफ ३२५ N को तेस्रो क्याबिनेट बैठककाे अवसरमा संघका अध्यक्ष पशुपति नारायण नकर्मीले चेक हस्तान्तरण गर्नुभएको हो । प्यूठान अस्पतालबाट सेवा प्रवाह गर्ने गरि डायलिसिस मेसिन खरीदकाे लागि लायन्स क्लब अफ प्यूठानले प्रक्रिया अघि बढाएको छ । डायलासिस परियोजना अन्तर्गत लायन्स क्लब ईन्टरनेसनलले एक करोड ३० लाख २७ हजार पाँच सय ४७ रुपैया उपलब्ध गराएको छ । परियोजना अन्तर्गत ७५ प्रतिशत लागत…
प्यूठान । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । पार्टी सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरित अस्वभाविक चरित्र देखाउने र वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाएको आरोप लगाएका छन् । सांसद थापाले जिल्लाकी समानुपाति सांसद निमा गिरीसमेतको आतिथ्यतामा हुने एक कार्यक्रमको ब्यानर टांस्न नदिने, कर्मचारीलाई थर्काउने र सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र देखाई घृणा फैलाउने ‘हेट स्पीच’ दिएको विज्ञप्तिमा आरोप लगाइएको छ । सांसद थापाले समानुपातिक सांसदलाई इंगित गरी उनीहरुको…