Skip to main content

सरोकार पोस्ट

कांग्रेसको प्रश्न : के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?

Advertisement

प्यूठान । प्युठानबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सूर्यबहादुर थापाका व्यवहार र गतिविधिप्रति नेपाली कांग्रेस प्युठानले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पार्टी सभापति विष्णु गिरीले एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद थापाले अनपेक्षित जीतको उन्मादमा फरक विचार राख्ने व्यक्ति र जनप्रतिनिधिलाई पदीय मर्यादाविपरित अस्वभाविक चरित्र देखाउने र वहुदलीय सिद्धान्तलाई अनदेखा गरी निरन्तर असमावेशी स्वभाव देखाएको आरोप लगाएका छन् ।

सांसद थापाले जिल्लाकी समानुपाति सांसद निमा गिरीसमेतको आतिथ्यतामा हुने एक कार्यक्रमको ब्यानर टांस्न नदिने, कर्मचारीलाई थर्काउने र सरुवाको धम्की दिने जस्ता अलोकतान्त्रिक चरित्र देखाई घृणा फैलाउने ‘हेट स्पीच’ दिएको विज्ञप्तिमा आरोप लगाइएको छ ।
सांसद थापाले समानुपातिक सांसदलाई इंगित गरी उनीहरुको कुनै जिम्मेवारी नभएको र फुर्सदै फुर्सद भएको, नागरिकको घरदैलोमा पुगेको विषयलाई ‘क्याटवाक गर्दै हिंडेर विकास हुन्छ र’ भन्दै आपत्ति जनाउने, प्रदेश सांसदको पहलमा परेका विकास वजेटको अवमूल्यन र विरोध गर्ने लगायतका गतिविधि गरेको भन्दै कांग्रेसले यस्ता गलत अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएको छ ।

सांसद थापाको अभिव्यक्ति संविधानको मर्मविपरीत समावेशी, समानुपातिक प्रणालीमाथिको आक्रमण भएको कांग्रेसको भनाइ छ ।
‘प्यूठान जिल्लाका जनप्रतिनिधि गाउँ जाने वा आफ्ना मतदातालाई भेट्ने र मतदाता सँग के बोल्ने भन्ने कुरा सूर्य थापासँग अनुमति लिनुपर्ने हो ?’ भन्ने प्रश्न गर्दै कांग्रेसले सत्ता साझेदारीमा रहेका दुई ठुला दलको गठवन्धनको गरिमालाई विखण्डन गर्ने दूषित भनाइहरुलाई बन्द गर्न आग्रह गरेको छ ।
सुर्य थापाको अर्को हुंकार, कांग्रेसको बिज्ञप्तीमा प्रतिबाद

कांग्रेसको बिज्ञप्तीको प्रतिवाद गर्दै संघिय सांसद सुर्य थापाले आफ्नो फेसबुक सञ्जालमा लेखेकाछन्,`नेपाली काँग्रेस प्युठानका केही व्यक्ति यति हदसम्म कुप्रचार गरिरहेका छन्। भिडियोमा बोल्ने महिला काँग्रेसकै कार्यकर्तालाई यसरी बोल्न लगाएर ‘क्याटवाक’का क्रममा दिउँसै रात पार्ने कोसिस भएको छ। प्रदेश खानेपानी मन्त्री, जसले सरकारमा काँग्रेसको टिमको नेतृत्व गरिरहनुभएको छ, उहाँले फूल लिएर हात जोड्नुभएको देखिन्छ, दायाँतर्फ झिमरूक गाउँपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपाध्यक्ष प्रमोद पोखरेल र दायाँतर्फ प्युठान नगरपालिकामा तत्कालीन गठबन्धनमा काँग्रेसबाट निर्वाचित उपमेयर देवेन्द्र बर्मा उभिएको देखिन्छ।´ `यति स्पष्ट तथ्यमा पर्दा हालेर किन मोटरबाटोमा पैदलयात्रा(क्याटवाक) भएको रहेछ ? यति सरलरूपमा छर्लङ्ग दुराशय हामीले बुझेका छैनौं र ?
अनि सत्ता साझेदार दल, जिम्मेवार मन्त्री, जनप्रतिनिधि र काँग्रेसको नेतृत्व तहबाट गरिएको यस्तो कुप्रचार र योजनाबद्ध दुष्प्रचार किन ?´ उनको भनाई छ ।
थापाले काँग्रेस सभापति विष्णुकुमार गिरीले जारी गरेको प्रेस वक्तव्य झूटो, तथ्यहीन र भ्रमको खेती गर्ने नियोजित षड्यन्त्रको गोटी बनेर आएको बताएकाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...