काठमाण्डौ – यस वर्षदेखि कक्षा १० को अन्तिम परीक्षा अर्थात एसईईमा विद्यार्थीले अघिल्लो वर्ष ‘नो ग्रेड’ (एनजी) आएको विषयको मात्रै परीक्षा दिन पाउने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस्तो व्यवस्था लागू गर्न लागेको हो ।यसै वर्षदेखि लागू हुने गर्न लेटर ग्रेडिङ निर्देशिका २०७८ संशोधन गरी जुन विषयमा एनजी आएको हो त्यही विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गर्न लागिएको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । कक्षा ८, १० र १२ मा सबै विषयमा अनिवार्य रुपमा सैद्धान्तिकमा ‘डी’ र प्रयोगात्मकमा ‘सी’ ल्याउनैपर्ने व्यवस्था छ । संशोधन गरिएको निर्देशिका अनुसार नियमित वा ग्रेड वृद्धि परीक्षामा कम्तीमा ‘डी’ ल्याउनैपर्ने हुन्छ…
प्यूठान । नौबिनी गाउँपालिकाले आजदेखि दोस्रो अध्यक्ष कप प्रतियोगिता अन्तरगत वडा स्तरीय भलिवल खेल सञ्चालन गर्ने भएको छ । नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा आज देखि ६ गते सम्म प्रतियोगिता संञ्चालन हुन लागेको हो । अध्यक्ष कप प्रतियोगिता अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए । पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले ६१ हजार १ सय ११ रुपैंया, द्धितिय पुरस्कार ४१ हजार १ सय ११ रुपैंया, तृतिय पुरस्कार २१ हजार १ सय ११ रुपैंया र सान्त्वना हुने टिमले ११ हजार १…