प्यूठान । प्यूठानका विभिन्न बजार तथा गाउँहरुमा मह भन्दै नक्कली मह बिक्री गर्दै हिड्ने सप्तरी जिल्लाका मिथुन धामीको करिब ४ लाख बराबरको नक्कली मह प्यूठान प्रशासनले शोमबार नष्ट गरेकोछ । सप्तरी जिल्ला राजबिरान नगरपालिका ४ का धामी सहित ५ जनाको टोलीले बिक्री गर्दै हिडेको मह जस्तो देखिने ३ सय ९१ के जि अखाद्य पदार्थ प्रहरीले गत साउन ८ गते सरुमारानी गाउँपालिका वडा नंम्बर २ दर्भानबाट बरामत गरेको थियो ।बरामत गरिएको उक्त पदार्थलाई परिक्षण गर्न खाद्य तथा गुण नियन्त्रण कार्यालय नेपालगंज पठाईएकोमा गुणस्तरहिन देखिए पछि नष्ट गरिएको घरेलु तथा साना उद्योग विकास कार्यालय प्यूठानका प्रमुख मनी गुरुङ्गले जानकारी गराउनुभयो । प्यूठान…