काठमाडौं । सौर्य एअरको विमान दर्घटनामा १८ जनाको ज्यान गएकोछ । दुर्घटनामा परेका मध्य १ जनाको जिवितै उद्धार गरिएकोछ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका एआईजी दीपक थापाका अनुसार ४ जनालाई जीवितै उद्धार गरिएको थियो । तर उद्धार गरिएका मध्य एक जनालाई सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भैरहेको छ । तर शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका लागि पठाईएका अन्य ३ जनाको पनि मृत्यू भएको खोज तथा उद्दार समन्वय केन्द्रले जनाएकोछ । यो सँग दुर्घटनामा मृत्युहुनेको संख्या १८ पुगेको हो । बिहान करिब ११ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको हो । काठमाडौंबाट पोखराका लागि उडान गर्दै गर्दा उक्त…
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नजिकै सौर्य एयरलाइन्सको विमान दुर्घटना भएको छ । काठमाडौंबाट पोखराका लागि उडान गर्दै गर्दा उक्त विमान दुर्घटनामा परेको हो । बिमानमा चालक दलका २ सहित १९ जना सवार रहेको त्रिभुवन बिमानस्थलले जनाएको छ ।दुर्घटनापछि अहिले उद्धार जारी छ। प्रारम्भिक जानकारी अनुसार अहिले अग्नि नियन्त्रकहरूले चार जनाको शव निकालेका छन् । जहाजमा सवारहरु केहीलाई उद्धार गरेर अस्पताल पठाइएको छ भने अन्यको खोजी कार्य जारी रहेको विमानस्थल प्रहरीले जनाएको छ । काठमाडौँबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज बुधबार बिहान करिब ११ बजेतिर दुर्घटना भएको हो । विमानस्थलबाट उड्नेबित्तिकै असन्तुलित भएर जहाज तल भूइँमा खसेको बताइएको छ…