प्यूठान । सरकारले संदनमा पेश गरेको शिक्षा ऐन हिउदे अधिवेशनबाट पारित नगरे शिक्षकहरु पुन आन्दोलित हुने नेपाल शिक्षक संघका महासचिव ज्ञानेन्द्र बहादुर रावलले चेतावनी दिएकाछन् । २०२८ मा बनेको शिक्षा ऐन संशोधन गरि सदनमा दर्ता भएको छ । संसदको हिउदे अधिवेशनबाट जसरीपनि पास गर्न शिक्षकका सबै पेशागत संगठनहरुले दवाव दिईरहेको महासचिव रावलले बताए । उनले भने,`५० बर्ष भन्दा पहिले बनेको शिक्षा ऐन संशोधन गरि पास गर्न सरकारले ढिलाई गरेकोछ । जस्लो गर्दा शिक्षा क्षेत्र प्रभावित भएको छ । यहि हिउदे अधिवेशनबाट पारित भएन भने सबै पेशागत संगठन आन्दोलित हुनेछौँ ।´ उनले प्रबिधिको विकास सँगै शिक्षकहरुले आफ्नो क्षमता विकासमा पनि ध्यान…