प्यूठान । कोभिड १९ न्युनिकरणका लागि जिल्लामा बुष्टर डोज अन्तरगत फाईजर बायोएनटेक खोप लाईदै छ । १२ बर्ष भन्दा माथिका उमेर समुहलाई यो खोप लगाईने जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जानकारी गराएकोछ । तर यो खोप १२ बर्ष भन्दा कम उमेरका बालबालिका, गर्भवती महिला, पहिलो मात्रा खोप लागउँदा असर देखिएका र गम्भीर प्रकारका एलर्जी देखिएका ब्यक्तिहरुले लगाउन नमिल्ने स्वास्थ्य कार्यालयका निमित्त प्रमुख मधुसुदन खड्काले बताए । जिल्लाका सबै खोपकेन्द्रमा एक जना स्वास्थ्यकर्मी सहित स्वम्सेवक समेत परिचालन हुने उनले बताए । पछिल्लो समय कोभिड १९ भाईरसको स्वरुप परिबर्तन गर्दै आएको स्वास्थ्य कार्यालयले बताएकोछ । प्यूठानमा ४० हजार भाईल फाईजर बायोएनटेक खोप प्राप्त…