काठमाडौं— नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएकोछ । आज एमालेबाट सरकारमा मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर सामूहिक राजीनामा बुझाईसकेका छन् । एमाले र कांग्रेसबीच नयाँ सरकार गठन गर्ने सहमति भएपछि मन्त्रीहरू राजीनामा पत्र बोकेर बुधबार साँझ बालुवाटार पुगेका थिए । एमाले मन्त्रीहरूको राजीनामा बुझेपछि प्रचण्डले धेरै टिप्पणी गरेनन् । राजीनामासँगै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइएको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । ‘राजीनामासँगै समर्थन पनि फिर्ता भएको छ,’ उनले भने।