सरोकार पोस्ट

अवरुद्ध मच्छी-ठुलाबेसी सडक हप्ता दिनपछि संचालनमा 

Advertisement
  1. जोगिन्द्र मल्ल

प्यूठान । पहिरोका कारण हप्तादिन देखि अवरुद्ध भएको  आएको मच्छी-ठुलाबेसी सडकमा मर्मत गरेपछि सञ्चालनमा आएको छ ।

मच्छी-ठुलाबेसी सडकखण्ड अन्तर्गत गौमुखी र झिमरुक गाउँपालिकाको सिमानामा पर्ने हरियाखोलामा खसेको ठूलो पहिरोमा ग्याबिन जाली लगाई सडक मर्मत गरेसँगै अवरुद्ध सडक आइतबार बेलुकादेखि खुलेको गाउँपालिका अध्यक्ष बिष्णुकुमार गिरीले बताउनुभयो ।

अध्यक्ष गिरीका अनुसार सडक सहित झरेको पहिरोमा जाली लगाएपछि उक्त सडकमा साना सवारी साधन सञ्चालनमा आएको हो । तर  ठुला यातायातका साधन भने आईतबार बेलुकाबाट सञ्चालनमा आएको बताउनुभयो । उहाले भन्नुभयो,` जाली लगाउने काम सकिएर मर्मत समेत भएकोले अवरुद्ध सडक खुलेको छ ।´

करिब २५ मिटर सडक खसेपछि एकहप्तादेखी उक्त सडकमा सवारी साधन आवतवावत गर्न समस्या भएको गाउँपालिकाका अध्यक्ष गिरीले जानकारी दिनुभयो ।पालिकाको मर्मत संभार कोषबाट सडक मर्मत गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भएको थियो। करिब २५ मिटर लम्बाईमा ५ मिटर उचाइको ग्याबिन जाली लगाएर सडक निर्माण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...