काठमाडौँ । जेन–जी आन्दोलनका क्रममा अहिलेसम्म देशभर ७२ जनाको निधन भएको सरकारले जानकारी दिएको छ । मारिएका सबैलाइ सरकारले सहिद घषणा गरी उनका परिवारलाइ जनही १० लाख रुपैयाँ राहत दिने सरकारले घोषणा गरेको छ । आन्दोलनका क्रममा घाइते भएका सबैको निःशुल्क उपचार व्यवस्था गर्न पनि प्रधानमन्त्री सुशीला कार्कीले निर्देशन दिएकी छन् । प्रधानमन्त्रीको पदभार ग्रहण कार्यक्रममा सो जानकारी गराइएको हो । जसमा आन्दोलनकारीतर्फ ५९ जना शहीद भएका छन् भने प्रहरीतर्फ ३ जनाको मृत्यु भएको छ । कारागारबाट भाग्ने क्रममा झडप हुँदा १० जना मारिएका छन् । हाल १३४ प्रदर्शनकारीको उपचार भइरहेको छ । प्रहरीतर्फ ५७ जना उपचाररत रहेका छन् ।…
काठमाडाै । नेपालको पहिलो महिला महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारी नियुक्त भएकी छिन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । महान्यायाधिवक्ताबाट रमेश बडालले दिएको राजीनामा प्रधानमन्त्री कार्कीले स्वीकृत गरी भण्डारीलाई महान्यायाधिवक्ता नियुक्तिका लागि सिफारिस गरेकी थिइन् ।