Skip to main content

सरोकार पोस्ट

Day: २०८२ भाद्र २५, बुधबार

राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नु कांग्रेसको अपिल

राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नु कांग्रेसको अपिल

काठमाडौ । प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले जेन जी आन्दोलनका क्रममा भएको आगजनी र आक्रमणसँगै देश शून्यतामा पुगेको भन्दै अब राष्ट्रपतिको समन्वयमा सुरक्षा निकायहरू सक्रिय भई शान्तिसुरक्षा र अमनचयन कायम गर्नुपर्ने बताएको छ। पार्टीका प्रवक्ता प्रकाशशरण महतले सामाजिक सञ्जालमार्फत् जारी गरेको विज्ञप्तिमा भनिएको छ, "कानुनी शासनको विकल्प छैन, लोकतन्त्रको विकल्प छैन। यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ।" पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले अर्को विज्ञप्ति प्रकाशित गर्दै "यस जटिल अवस्थामा पार्टीका सम्पूर्ण साथीहरू एकजुट भई आत्मविश्वास र भरोसा जगाउनु अपरिहार्य छ" भनेका छन्। "नेपाली सेनालगायत सबै सुरक्षा निकायहरूले शान्ति सुरक्षा…
Read More