काठमाडौं, साउन ४ । नेपाल प्रेस युनियनले १० औं महाधिवेशन आगामी जेठमा गर्ने गरी आफ्नो कार्यकाल थप गरेको छ । नेपाल प्रेस युनियन अध्यक्ष शिव लम्सालको अध्यक्षतामा काठमाडौंमा सम्पन्न केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो । नेपाल प्रेस युनियनको विधानअनुसार विधान सभालगायतका केही महत्वपूर्ण कार्य गर्न बाँकी रहेकाले विधानको व्यवस्थाअनुसार विशेष परिस्थितिलाई ध्यानमा दिँदै वर्तमान केन्द्रीय कार्य समितिको समयावधी थप गर्ने निर्णय गरेको जनाएको छ । प्रेस युनियनको विधानमा तीन वर्ष कार्यकाल र विशेष परिस्थितिमा एक वर्ष थप गर्न सकिने व्यवस्था छ । नेपाल प्रेस युनियनको विधान समयानुकुल संंशोधन गर्न २०८२ मंसिरमा विधान सभा आयोजना गर्ने निर्णय गरेको प्रेस…