नतिजा सुधार गर्न निजी विद्यालयसँग साझेदारी काठमाडौं । सरकारले विद्यालय शिक्षामा ‘शिक्षक बैंक’ को नयाँ अवधारणा ल्याएको छ । शिक्षकको अभाव हुन नदिन सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा शिक्षक बैंकको अवधारणा ल्याएको हो । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक पाउन कठिन भइरहेको छ । विद्यालयहरूले पटक-पटक विज्ञापन निकाल्दा पनि शिक्षक पाउन मुस्किल भएपछि सरकारले शिक्षक बैंक स्थापना गर्न लागेको हो । ‘शिक्षक अभाव हुन नदिन विश्वविद्यालयसँगको सहकार्यमा शिक्षक बैंक स्थापना गरिनेछ,’ अर्थमन्त्री विष्णु पौडेलले संसद्मा बजेट प्रस्तुत गर्दै भने, ‘स्नातक तह उत्तीर्ण विद्यार्थीलाई स्वयंसेवक शिक्षकको भूमिकामा परिचालन गरिनेछ ।’ शिक्षा मन्त्रालयका अनुसार शिक्षक बैंक भनेको शिक्षकहरूको पुल…
काठमाडौं । पूर्व परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता एनपी साउदले नेपाल प्रेस युनियनले अन्तर्राष्ट्रिय पहिचान स्थापित गर्नु राष्ट्रकै गाैरवको विषय रहेको बताउनुभएको छ । प्रेस युनियनको स्थापना दिवसको सन्दर्भमा युनियनको युरोप शाखाले गरेको विशेष कार्यक्रममा सम्बोधन गर्दै नेता साउदले अन्तर्राष्ट्रिय मिडिया सम्मेलन गरेर प्रेस युनियनले लाेकतन्त्र, प्रेस स्वतन्त्रता र जलवायु संकटको क्षेत्रमा विश्वको धयान खिचेको बताउनुभयाे । प्रेस स्वतन्त्रता सुदृढ हुँदामात्रै लोकतन्त्र बलियो हुने कांग्रेसको धारणा रहेको भन्दै उहाँले लाेकतन्त्र संस्थागत गर्न नेपाली प्रेस जगतको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै युनियनका अध्यक्ष शिव लम्सालले नेपाली सञ्चारक्षेत्रको अग्रणी संस्थाका रुपमा रहेको युनियनले साझा मुद्दामा अन्तर्राष्ट्रिय मिडिया जगतसँग सहकार्य गर्दै…