सरोकार पोस्ट

शैक्षिक गुणस्तर बृद्धिका लागि झिमरुकमा अन्तरक्रिया

Advertisement

प्युठान (मच्छि)।
प्युठानको झिमरुक गाउँपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्दै शिक्षण सिकाइ सुधारमा जोड दिने, बिद्यालय बाहिर रहेका विद्यार्थीको पहिचान तथा खोजी गरि बिद्यालय भर्ना गराउने र विद्यार्थीको चौतर्फी विकास गराउने उद्देश्यले पालिकाले सरोकारवाला बीचमा गाउँपालिकाले कार्यक्रम गरेको हो।

खास गरि शिक्षा ऎन २०७५ को दफा १९ अनुसार २०६३ असोज ३ गतेपछि जन्मिएका बालबालिकाले आधारभुत तह शिक्षा उत्रिण नगरेमा योग्य नहुने भएकोले त्यस्ता बालबालिकाको तथ्यांक तयार गरी उनीहरुलाई बिद्यालय भर्ना गराइ योग्य नागरिक बनाउने काममा सहयोग होस् भनेर समेत यो कार्यक्रम आयोजना गरिएको पालिकाले जनाएको छ ।

शैक्षिकसत्र सुरु हुनु अगावै वडा वडामा गणक खटाएर त्यस्ता बालबालिकाको लगत ल्याउने काम भएको शिक्षा शाखा प्रमुख पुष्प रानाले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म गणकले लिएको जानकारी अनुसार १०९ जना बालबालिका बिद्यालय बाहिर रहेकोमा १३ जनालाई बिद्यालय भर्ना गरिएको छ । अन्यलाई पनि भर्ना गर्ने तयारी भैरहेको जानकारी दिनुभयो ।

गाउँपालिका आर्थिक वर्ष २०८२/०८३ को वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम आयोजना गरिएको उहाँको भनाइ छ ।

झिमरुक गाउँपालिका अध्यक्ष पित बहादुर महतरा क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उपाध्यक्ष प्रमोद पोख्रेल विशेष आतिथ्यता रहेको थियो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत बिकास केसी, वडा अध्यक्ष, कार्यपालिका सदस्यहरु, विभिन्न शाखाका शाखा प्रमुख कर्मचारी, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी, बिद्यालयका प्रधानाध्यापक तथा शिक्षक प्रतिनिधि लगायत अन्य सरोकारवालाहरुको उपस्थित रहेको थियो ।

अभिमुखिकरण कार्यक्रमको सहजिकरण गाउँपालिकाका शिक्षा शाखा प्रमुख पुष्प रानाले गर्नुभएको थियो।कार्यक्रमको अन्त्यमा विभिन्न विद्यालयका शिक्षकहरुको लागि डाइरी वितरण समेत गरिएको थियो । शैक्षिकसत्रको सुरुमै गरिएको यस कार्यक्रमले सरोकारवालालाई उत्साहित बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...