प्यूठान । प्यूठान नगरपालिकाका ८ वाग्दुला निवासी व्यवसायी दधिराम भण्डारी माथि कार्य क्षेत्रमै अज्ञात व्यक्तिहरुबाट आईतबार बेलुकी भएको सांघातिक आक्रमणको विषयमा आबद्ध विभिन्न व्यवसायिक संगठन तथा संघसंस्थाहरुले बिरोध जनाएका छन् ।

पीडित व्यवासयीलाई न्यायको माग गर्दै प्यूठान उद्योग बाणिज्य संघ, होटल व्यवसायी संघ तथा पर्यटन सूचना केन्द्र प्यूठान, निर्माण व्यवसायी संघ प्यूठान, लुप्लुङ झुलेनी बराहक्षेत्र संरक्षण केन्द्र लगायतका संघ संगठनहरुले बिज्ञप्ती जारी गरी दोषिमाथि कडा कारबाहीको माग गर्दै घटनाको विरोध गरेका छन् । व्यवासायी तथा नागरिकको सुरक्षा अवस्था चुनौतीपुर्ण बन्दै गएको भन्दै यस्ता अराजक गतिविधि नियन्त्रणमा सरकारले समयमै ध्यान दिन र शान्व्यतिपुर्ण वातावरण सिर्जना गर्न वसायीहरुको माग छ ।
कुटपिटमा संलग्न दुईजना व्यक्ति लाई प्रहरीले सरुमारानी ६ पाङकोटबाट पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ ।
सरुमारानी गा पा ६ वायखोला देखि पाङकोट- मुर्कुट्टी सडकको सहरी विकास तथा भवन कार्यालय दाङ अन्तरगत ठेक्काको काम चलिरहेको थियो । सडक निर्माणको काम हुने भएपछि वडा कार्यालयले समेत जेठ १ गते सम्मका लागि सडकमा सवारी आवागमनमा रोक लगाएको थियो ।




