प्यूठान । लुम्बिनी प्रदेश संसदमा सामाजिक सशक्तीकरणका सवालमा खरो रुपमा प्रस्तुत हुँदै आएकी प्रदेश संसद निमा गिरीले आफ्नो कार्यकालको दोस्रो रिपोर्ट-कार्ड(बार्षिक प्रतिबेदन) सार्बजनिक गरेकीछन् ।
बालबिबाह, मादक पदार्थ सेवनले निम्त्याएकाे घरेलु तथा महिला हिंसा , गरिबी लगायतका बिषयलाई प्राथमिकता दिएर प्रदेश सदनमा खरोरुपमा प्रस्तु भई नीतिगत र सामाजिक सशक्तीकरणका लागि जोडदार आवाज उठाउँदै आएकी गिरीले आफूले गरेका गतिबिधिलाई समेटेर दोस्रो पटक प्रतिवेदन सार्बजनिक गरेकीहुन् । उनको यो अभ्यासले अन्य सांसदहरुलाई समेत सिको गर्न चुनौती दिईरहेकोछ ।जननिर्वाचित प्रतिनिधिहरु मध्य आफूले गरेका बर्षभरीका गतिविधिलाई समेटेर प्रतिबेदन सार्बजनिक गर्ने सम्भवतः संसदिय ईतिहाँसमा सांसद गिरीनै हाल सम्मकै पहिलो महिला सांसद हुन् ।

सांसद गिरीले २०७९ साल पौष १७ गते प्रदेश सभाको सदस्य पदको सपथ ग्रहण गरेपछि पहिलो वर्ष (२०७९ पौष १७ देखि २०८० पौष १७) सम्मका कामहरूको प्रतिबेदन सार्वजनिक गरेकी थिईन । उनको दोस्रो बार्षिक प्रतिबेदनमा २०८० पौषदेखि २०८१ पौष महिनासम्मका गतिबिधिहरु समेटिएको छ । लुम्बिनी प्रदेश सांसद गिरीले आफ्नो तवरबाट भएका उपलब्धिहरू र कामहरूको प्रतिबेदन २०८१ माघ १० गते समाजिक सञ्जाल आफ्नो आधिकारिक फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।

उनको प्रतिबेदनमा राजनैतिक अधिकार, सुशासन तथा सेवा प्रवाह, महिला र बालबालिका, जनस्वास्थ्य सुरक्षा, शिक्षा , युवा तथा खेलकुद, रोजगारी र उद्यमशिलता, कृषि, पशुपालन र वातावरण जस्ता सवालहरुमा आफ्नो भुमिका र उठान गरेका बिषय समेटेकी छन् । यस्तै प्रदेशको बजेट बितरणको सवाल र प्रदेशले बनाउने विभिन्न बिधियक माथि आफूले खेलेको भुमिका समेत प्रतिबेदनमा समेटिएकोछ । प्रतिबेदनमा प्यूठानका नौ वटै स्थानिय तहमा आफ्नो भुमिकाबाट गरिएका कृयाकलाप सँग आफ्नो बार्षिक आम्दानी र खर्च समेत सार्वजनिक गरिएकोछ ।

उनले प्रतिबेदन सार्वजनिक गर्दै जननिर्वाचित सांसदहरूलाई पारदर्शी र जिम्मेवार बनाउने प्रयास भएको बताएकिछन् । उनले भनिन्,` यश कदमले जनतासँग प्रत्यक्ष संवाद कायम गर्न जनप्रतिनिधिहरूले आफ्ना कामहरूको विवरण जनतासमक्ष प्रस्तुत गर्नु र आफू पारदर्शी बन्न मद्दत पुग्छ ।´ उनले लोकतान्त्रिक प्रणालीलाई मजबुत बनाउन र जनप्रतिनिधिहरूलाई थप जिम्मेवार बनाउन समेत टेवा पुग्ने बताईन् ।




