Skip to main content

सरोकार पोस्ट

झिमरुक–लुङ तटीय बस्ती अब सडक सञ्जालमा: तीन पुल निर्माणले दुई दशकको प्रतीक्षा अन्त्य

Advertisement

प्यूठान। झिमरुक र लुङ नदीले छुट्याएका प्यूठानका तटीय बस्ती अब स्थायी रूपमा मुख्य सडक सञ्जालसँग जोडिने भएका छन्। किटघाट (कुटिचौर), दोभै र मच्छी–पिडाल्ने गरी तीनवटा पक्की पुल निर्माणको काम तीव्र गतिमा अघि बढेपछि स्थानीय बासिन्दाको वर्षौँदेखिको आवागमन समस्या समाधान हुने भएको हो।
वाग्दुला–मच्छी र वाग्दुला–बाहाने सडकको विपरीत तर्फ रहेका यी क्षेत्रका बासिन्दा कच्ची सडक हुँदाहुँदै पनि नदीमा पुल नहुँदा सवारी साधन प्रयोग गर्न वञ्चित थिए। पुल निर्माणसँगै अब उनीहरू सीधै सडक सञ्जालमा जोडिने भएका छन्।
किटघाट (कुटिचौर) पुल २०८१ असार ७ गते ४ करोड ७८ लाख रुपैयाँमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको थियो। निर्माण कम्पनी आशु निर्माण सेवा (बालाजु श्रेष्ठ)ले सम्झौता अवधि अगावै पुल सम्पन्न गरेको जनाएको छ। कम्पनीका सञ्चालक बालाजु श्रेष्ठका अनुसार मच्छी–पिडाल्ने पुल पनि असारभित्रै सम्पन्न गर्ने लक्ष्य छ, जसको लागत ७ करोड २६ लाख रुपैयाँ रहेको छ।
यी दुई पुलले विशेषगरी तुषारा बेँसी क्षेत्रका स्थानीयलाई प्रत्यक्ष लाभ पुर्‍याउनेछन्। यसअघि उनीहरूले नदीपारि सवारी गुडिरहेको देखे पनि चढ्नका लागि झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो।
लुम्बिनी प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको कार्यकालमा आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत किटघाट, पिडाल्ने र दोभै पुल निर्माणका लागि करिब ३१ करोड रुपैयाँ सुनिश्चित गरिएको थियो। उक्त योजना प्रदेश सांसद निमा गिरीको पहलमा अघि बढाइएको बताइएको छ।
बजेट विनियोजनअनुसार किटघाट पुलका लागि करिब ७ करोड तथा पिडाल्ने र दोभै पुलका लागि करिब ११/११ करोड रुपैयाँ छुट्याइएको थियो। हाल किटघाट पुल पूर्ण रूपमा सम्पन्न भइसकेको छ भने पिडाल्ने पुलको ८५ प्रतिशत र दोभै पुलको करिब ५० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ।
दोभै पुल निर्माण सम्पन्न भएपछि वाग्दुला–बाहाने सडक पारिका दोभैदेखि पिपलटारीसम्मका बासिन्दाले प्रत्यक्ष लाभ लिनेछन् भने बाहाने–मच्छी सडकसमेत सिधै जोडिनेछ।
दुई दशकअघि नै प्रस्तावित यी पुलहरू बजेट अभावका कारण कार्यान्वयनमा आउन सकेका थिएनन्। अब भने पुल निर्माणसँगै बाहानेबाट मच्छी र तुषारा पुग्न वाग्दुला घुमेर जानुपर्ने करिब ११ किलोमिटर दूरी घट्नेछ। वर्षायाममा समेत सहज आवागमन हुने भएपछि स्थानीयमा उत्साह थपिएको छ।
पूर्व राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गोविन्दराज पोख्रेलका अनुसार पुल निर्माणको अवधारणा पहिले नै तयार भए पनि स्रोत अभावले ढिलाइ भएको थियो। प्रदेश सरकारबाट बजेट सुनिश्चित भएपछि योजना कार्यान्वयनमा आएको उनले बताए।
यसैबीच, वाग्दुला–मच्छी र वाग्दुला–अधेरी सडक कालोपत्रे गर्न प्रदेश सरकारका सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापाले बजेट विनियोजन गरेका छन्। सडक र पुल निर्माणको प्रगति अनुगमन गर्दै मन्त्री थापाले सम्बन्धित सबै पक्षलाई धन्यवाद दिएका छन्।
स्थानीयका लागि यी तीन पुल केवल संरचना मात्र नभई शिक्षा, स्वास्थ्य, व्यापार र आपतकालीन सेवासम्मको पहुँच विस्तार गर्ने महत्वपूर्ण आधार बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...