काठमाडौं। नेपाली कांग्रेस कृयासिल सदस्यता फाइल समयमै नपठाए ‘एक्सेस’ बन्द गरिने चेतावनी समेतलाई वास्ता नगरी प्यूठान सहित ९ जिल्ला समितिले फाइल अपलोड गरेका छैनन् ।
समितिका सदस्य योगेन्द्र चौधरीका अनुसार कोशीका २, मधेसका ३, बागमती, लुम्बिनी र सुदूरपश्चिमका–का गरी ९ जिल्लाले सर्भरमा नवीकरण फाइल पठाएका नपठाएका हुन् ।
लुम्बिनी प्रदेशका १२ जिल्ला मध्य प्यूठान मात्र बाकी छ। प्युठानको प्रदेश निर्बाचन क्षेत्र न १ प्यूठान नगरपालिकामा पर्ने ४ वटा वडा र क्षेत्र २ को सबै वडाको नबिकरण क्षेत्रमा आएर रोकिएको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताए । कोशी प्रदेशका संखुवासभा र खोटाङ, मधेसका धनुषा, महोत्तरी र बारा, बागमतीको दोलखा, तथा सुदूरपश्चिमका कैलाली र कञ्चनपुर फाइल अपलोड नगर्ने जिल्लामा परेका छन्।
नेपाली कांग्रेसका महामन्त्री गगन थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले बुधबार मध्यान्ह १२ बजेसम्म सदस्यता नवीकरणको फाइल सर्भरमा अपलोड गर्न निर्देशन दिएको थियो।

खोटाङमा भने जिल्ला सभापति अनुशासनको कारबाहीमा परेकाले प्रक्रिया नै अगाडि नबढेको बताइएको छ।
यसबाहेक ५ जिल्लाले सर्भरमा अपलोड नगरे पनि इमेलमार्फत एक्सेल फाइल पठाइसकेका छन्। ती जिल्लाहरूमा दाङ, तनहुँ, नवलपरासी पश्चिम, रुकुम पूर्व, बर्दिया र डोटी रहेका छन् ।
महामन्त्री थापाका अनुसार रोकिएका जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाएर भएपनि कृयासिल सदस्यताको काम टुंगो लगाई निर्धारित समयमा अधिवेशन गरिने छ । उनले भने, ‘केहि गरि कृयासिलमा हलो अड्काउने खोजे तत तत स्थानमा थाति राखेरै भएपनि अधिवेशन हुन्छ। कृयासिलकै कारण महाधिवेशन रोक्न खोजियो भने विशेष महाधिवेशन फेस गर्नुको बिकल्प छैन ।’ उनले यहि पौष १३ गते सम्म केन्द्रीय कार्यसम्पादन बैठक सम्म सबै टुङ्गो लाग्ने बताएका छन् ।




