Skip to main content

सरोकार पोस्ट

Day: २०८२ आश्विन १, बुधबार

भुकम्प धक्का रुकुम–पूर्व र बागलुङ सीमामा केन्द्रबिन्दु

भुकम्प धक्का रुकुम–पूर्व र बागलुङ सीमामा केन्द्रबिन्दु

लुम्बिनी प्रदेश । रुकुम–पूर्व र बागलुङ सीमा नजिक पतिहाल्ने भञ्ज्याङलाई केन्द्रबिन्दु बनाएर बुधबार राति ८:२५ बजे ४.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। धक्का आसपासका जिल्लामा महसुस भए पनि ठूलो क्षति नभएको प्रारम्भिक अनुमान गरिएको छ ।
Read More
कांग्रेस पुनर्गठनका लागि अभियान शुरू, विशेष महाधिवेशनको माग

कांग्रेस पुनर्गठनका लागि अभियान शुरू, विशेष महाधिवेशनको माग

काठमाडौँ । पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गर्दै नेपाली कांग्रेसका युवा नेताहरूले आजदेखि नयाँ अभियान शुरू गरेका छन् । विभिन्न महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको प्रारम्भिक भेलाले पार्टीलाई वैचारिक सांगठनिक र नेतृत्वमा पुनर्गठन गर्न माग गरेका हुन्। पार्टीको पुनर्गठनका लागि विशेष महाधिवेशन अहिले अत्यावश्यक भएको उनीहरूको निष्कर्ष छ। विशेष महाधिवेशन कोजाग्रत पूर्णिमाका दिन आयोजना गर्न प्रस्ताव गरिएको भेलाका अगुवा तथा कांग्रेस महासमिति सदस्य नारायणप्रसाद भट्टराईले जानकारी दिए । पार्टी पुनर्गठनको अभियान र विशेष महाधिवेशनका लागि व्यापक दबाब दिन असोज ३ गते संविधान दिवसका दिन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्यहरूको बृहत भेला आयोजना गरिने आजको भेलाले निर्णय गरेकोसमेत…
Read More
२०४६ पछिका सार्बजनिक पदधारण गर्नेहरुको सम्पति शुद्धिकरण गर्नुपर्ने प्युठान कांग्रेसको माग

२०४६ पछिका सार्बजनिक पदधारण गर्नेहरुको सम्पति शुद्धिकरण गर्नुपर्ने प्युठान कांग्रेसको माग

प्यूठान । जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका बिषयमा नेपाली कांग्रेस प्यूठानले समीक्षा गर्दै २०४६ पछीका सार्वजनिक पद धारण गरेका नेता र कर्मचारीको सम्पति शुद्धिकरण गर्ने एजेण्डा अघि सारेको छ । आज बसेको जिल्ला कार्य समिति प्यूठानको बैठकले २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति शुद्धीकरण गर्नु पर्ने प्रमुख एजेण्डा अगाडि सारेको हो । बर्तमान परिस्थितिको मुख्य कारण भ्रष्टाचार भएकोले नेता र कर्मचारीको सम्पति शुद्धीकरण गर्नुपर्ने प्रमुख एजेण्डा अगाडि बढाईएको नेपाली कांग्रेस प्यूठानका सभािति बिष्णुकुमार गिरीले बताउनुभयो । यस्तै बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको सवालमा कांग्रेस दृढ हुँदै जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका…
Read More