काठमाडौँ । असार १६ देखि चलिरहेको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार टुंग्याउने तयारी गरिएको छ । आइतबार टुंग्याउने तयारी भए पनि वक्ताहरु बोल्ने क्रम नसकिएपछि बैठक सोमबारसम्म लम्बिएको हो । बैठकमा विभिन्न १३ एजेन्डामा केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन् । अहिलेसम्म १३३ जनाले आफ्नो भनाइ राखिसकेका छन् । आइतबारको बैठकमा २९ जनाले आफ्नो भनाइ राखेका छन् । सहमहामन्त्रीहरू फरमूल्लाह मंसुर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्रीप्रसाद पाण्डे र जीवन परियार र कोषाध्यक्ष उमेश श्रेष्ठले सम्बोधन गरे । त्यस्तै केन्द्रीय सदस्यहरू—गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला, प्रवक्ता डा। प्रकाशशरण…