प्यूठान । जेन-जी युवाहरूको आह्वानमा भदौ २३ र २४ गते भएको आन्दोलनपछि उत्पन्न परिस्थितिका बिषयमा नेपाली कांग्रेस प्यूठानले समीक्षा गर्दै २०४६ पछीका सार्वजनिक पद धारण गरेका नेता र कर्मचारीको सम्पति शुद्धिकरण गर्ने एजेण्डा अघि सारेको छ ।
आज बसेको जिल्ला कार्य समिति प्यूठानको बैठकले २०४६ पछिका उच्चपदस्थ नेता तथा कर्मचारीको सम्पति शुद्धीकरण गर्नु पर्ने प्रमुख एजेण्डा अगाडि सारेको हो । बर्तमान परिस्थितिको मुख्य कारण भ्रष्टाचार भएकोले नेता र कर्मचारीको सम्पति शुद्धीकरण गर्नुपर्ने प्रमुख एजेण्डा अगाडि बढाईएको नेपाली कांग्रेस प्यूठानका सभािति बिष्णुकुमार गिरीले बताउनुभयो ।
यस्तै बैठकले संघिय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको सवालमा कांग्रेस दृढ हुँदै जेन्जी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेको र उपचाररत घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको उहाले जानकारी दिनुभयो ।
नेपाली कांग्रेसले भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनमा घुसपैठ गरी प्यूठान जिल्लामा कांग्रेस लगायत अन्य पाटीका कार्यालयहरुमा र देशभरका सार्वजनिक तथा निजि सम्पती माथि तोडफोड र आगजनी भएको प्रति खेद प्रकट गरेको जनाएको छ । कांग्रेसले वास्तविक क्षतिको आंकलन गरी दोषीलाई कानूनि कारबाहीको दायरामा ल्याउन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गरिएको सभापति गिरीले बताउनुभयो ।
यसैबिच आन्दोलनका क्रममा पार्टी सभापति लगायत देशैभरी पार्टीका नेता तथा कार्यकर्ता सहित आन्दोलनरत पक्षका घाईतेहरुको स्वास्थ्य लाभको कामना बैठकले गरेकाे बताकइएको छ । कांग्रेसले देशमा शान्ति र सद्भाव कायम गर्दै लोकतान्त्रिक गणतन्त्र र राष्ट्रियताको रक्षामा सबैपक्ष एकताबद्ध भएर लाग्न आवहान समेत गरेकाे छ ।



