२३ भदौ, काठमाडौं । जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ९ पुगेको छ । काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती अस्पताल, ट्रमा सेन्टर लगायतका अस्पतालहरुमा गरी मृत्युहुनेकाे संख्या ९ पुगेकाे हाे ।
बिर अस्पतालकाे ट्रमा सेन्टरमा ६, सिभिल अस्पतालमा १, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ ।
काठमाडाैका बिभिन्न अस्पतालहरुमा सयाैकाे उपचार भैरहेकाे छ । केएमसीमा २० जना गम्भीर घाइतेको उपचार भइरहेको छ । सिभिल अस्पतालमा एक र ट्रमा सेन्टरमा सयाैँ घाइतेहरुकाे उपचार भइसकेको छ । 



