२३ भदौ, काठमाडौं । प्रदर्शनकारीमाथि प्रहरीले प्रहार गरेको गोलीबाट एक जनाको मृत्यु भएपछि बानेश्वर चोक थप तनावग्रस्त भएको छ । सरकारले कर्फ्यू घोषणा गरेपनि प्रभावहीन देखिएको छ ।
कर्फ्यू लाग्नु अघिको तुलनामा अहिले प्रदर्शनकारीहरूले आक्रोशित हुँदै प्रदर्शन गरिरहेका छन् । संसद् परिसर भित्रबाट प्रहरीले बारम्बार अश्रुग्यास, रबरको गोली, पानीको फोहोरा र इट्टासमेत प्रहार गरिरहेको छ ।
प्रदर्शनकारीले बानेश्वर चोक कुनामा रहेको संसद् भवन परिसरमा बारम्बार आगजनीको प्रयास गरेका छन् । भागदौडमा कतिपय घाइते भएका छन् ।
यसैबिच अन्देलनमा थप क्षेतिहुन नदिन सरकार जिम्मेवार बन्न सत्तापक्ष र प्रतिपक्ष दलका नेताहरुले अग्रह गरेकाछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जेन-जी आन्दोलनमा थप क्षति हुन नदिन सरकारलाई जिम्मेवार बन्न आग्रह गरे । यस्तै नेपाली कांग्रेसका नेता डा शेखर कोइराले जेनजीको भनाइलाइ वेवास्था गरे सरकार आफै पछुताउनुपर्ने बताएकाछन् । उनले भनेकाछन् ‘जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस् । स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।’
नेताहरुले मृतक युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको स्वास्थ्य लाभको कामना गरेका छन् ।‘आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को भनाइ छ ।
सोमबार भएको देशव्यापी प्रदर्शनमा बानेश्वरमा प्रहरीले चलाएको गोली लागी एक प्रदर्शनकारीको निधन भएको छ भने उल्लेख्य संख्यामा युवाहरू घाइते भएका छन् ।



