Skip to main content

सरोकार पोस्ट

ऐन नलिई फर्कन्नौं भनेका शिक्षक रित्तै फिर्ता, `असार १५ कुर्छौं धोका भए फेरि आउँछौँ´: महासंघ

Advertisement

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकार बिच सहमति भएपछि शुक्रबार देखि बिद्यालय खोल्ने गरि शिक्षकहरुले आन्दोलन फिर्ता लिएका छन् ।
शिक्षा बिज्ञान तथा प्रबिधि मन्त्रालय र शिक्षक महासंघ बिच नौं बुधे सहमति भएकोछ । सहमति अनुसार २०८२ असार १५ भित्र सहमतिका बुधाहरु समेटेर नयाँ बिद्यालय शिक्षा ऐन जारी गर्ने गरि दुई पक्ष सहमति भएको हो ।

तर सार्वजनिक पद धारण गरेका व्यक्तिका छोराछोरीलाई सामुदायिक बिद्यालयमा पठनपाठन गराउनु पर्ने बिषय शिक्षक आन्दोलनबाटै शिक्षकहरुले आवाज उठाएको भएपछि नौं बुधे सहमति पत्रमा उक्त बिषय समेटिएको छैन । २९ दिन सम्म सडक आन्दोलन गरेका शिक्षहरुले ऐन जारी नहुँदै बिद्यालय नफर्कने भनेपनि शिक्षक महासंघ र सरकार बिच भएको उधारै सहमतिका ९ बुधामा चित्त बुझाउँदै शिक्षकहरु रित्तै फर्कन बाध्य भएकाहुन् ।

के के छन त सहमतिका ९ बुधाहरु ?:

१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम
व्यवस्था गर्ने ।

४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत अस्थायी करार साविक उमावि प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था
गर्ने ।
६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने
७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने
८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक सुरक्षाकर्मी कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने
९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षाको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Exploring the Chicken Road game: The mechanics that keep players engaged and rewarded

The world of online casinos is continually evolving, presenting players with innovative gaming experiences. Among these is the...

Hur man börjar spela på TuffPuff casino: En enkel guide för nybörjare

Att spela på ett online casino kan vara en spännande och underhållande upplevelse, särskilt för nybörjare. TuffPuff casino erb...

Get started with Golden Roo Online Casino Australia: everything you need for a successful

As the world of online gaming continues to evolve, Golden Roo Online Casino Australia stands out with its extensive selection ...

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...