प्यूठान । प्यूठानका सामुदायिक बिद्यालयको गत बर्षको जतिजाले सबैलाई लज्जित बनायो । प्यूठानका शिक्षक अनेत्र जिल्लामा समेत पुगेर शिक्षण गर्दै आएको ऐतिहासिक धरातलले लाई समेत चुनौति थपियो । साक्षर जिल्ला प्यूठानका अधिकांस सामुदायिक बिद्यालय एस ई ई मा सुन्य भए । शिक्षामा हरेक पालिकाले गरेको करोडौंको लगानी खेर गयो । सबै स्थानिय तह चिन्तित भए र शैक्षिक गुणस्तर बृद्धिगर्न विभिन्न योजना बनाए । तर योजना कार्यान्वयनमा नौबहिनीले देखाएको अग्रसरताले नौबहिनीका सामुदायिक बिद्यालयको चित्र देखायो । शिक्षकहरु शैक्षिक योजना बिना कक्षामा जाने, शैक्षिक सामग्री निर्माण र प्रयोगमा ध्यान नदिने परिपाटीले शिक्षामा गुस्तर खस्किदै गएको र अभिभावकको बिश्वसनियता घट्दै गएको ओैल्याईएको छ ।

नौबहिनी गाउँपालिकाले गत आ व मा ३ वटा माध्यमिक तथा आधारभुत बिद्यालय र यश बर्ष चारवटा माध्यमिक बिद्यालयमा शैक्षिक गुणस्तरका सन्दर्भमा शिक्षक, बिद्यार्थी र अभिभावक बिच छट्टाछुट्टै ढंगले अनुगमन तथा अन्तरकृया गरेको छ । आगामी आवमा पनि कार्यक्रमलाई निरन्तरता दिईने गाउँपालिकाले जनाएको छ । नौबहिनी गाउँपालिकाका अध्यक्ष डिल बहादुर थापाले बिद्यालयको जग बालबिकास देखि नै शिक्षण शिकाई व्यवस्थित गर्नु पर्ने भएकाले आगामी आ व देखि पालिका थप शसक्त भएर योजना बनाएरै अगाडि बढ्ने बताए । उनले भने,` शिक्षकहरुले शिकाई योजनानै नबनाई आलटाल गरेर पढाउने, व्यवस्थापन समिति निस्कृय हुने, अभिभावकले बिद्यालयमा बोलाएर पनि नआउने परिपाटीले सामुदायिक शिक्षा कम्जोर भएको पाईएकोछ ।´


यस्तै उपाध्यक्ष बिष्णा थापाले शिक्षकले मात्रै पढाएर, ड्युटी पूरा गरेर उपलब्धि नआउने बताईन् । उनले भनिन,`अभिभावकहरु बिद्यालय भ्रमण नगर्ने, बिद्यार्थी नियमित बिद्यालय नआउने, गृहकार्य नदिने र परिक्षण नगर्ने, शिक्षकहरुको अल्छिपनाले शैक्षिक उपलब्धि कम्जोर भएको छ ।´
यसैबिच गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत शिवराज पौडेलले उचित कार्ययोजना बनाएर अगाडि बढ्न शिक्षकहरुले आग्रह गरे । उनले भने,`बिद्यालयमा फाईल व्यवस्थित नगर्ने, शिकाई योजना बिना शिक्षण गर्ने, बालबालिकाको शिकाई उपलब्धि व्यवस्थित नगर्ने परिपाटी गलत हो ।´ `गाउँपालिकाको शिक्षा कम्जोर हुनुको पछाडी मुख्यगरी बिद्यालय प्रशासन र शिक्षककै कम्जोरी छ ।´ प्रमुख प्रशासकिय अधिकृत पौडेलको भनाई छ । शिक्षकहरुले बिद्यालयमा भएको स्रोत साधन र प्रबिधि समेतको सदुपयोग नगर्नु दुखद भएको उनले बताए ।

नौबहिनी गाउँपालिकाको आयोजनामा सरोकार सञ्चार तथा मानव संशाधन विकास केन्द्रको सहजिकरणमा बराह मा बि नौबहिनी ३ झम्प, शिव मा वि स्यालिवाङ, अम्विका मावि फोप्ली र जनज्योति मावि लुङ्गमा अनतरकृया भएको हो ।



