सरोकार पोस्ट

गौमुखी गाउँपालिकाले वडा विभाजनको प्रकृया अघि बढायो

Advertisement

प्यूठान । गौमुखी गाउँपालिकालिले वडा बिभाजन गर्ने भएको छ । गौमुखि गाउँपालिका गाउँसभाको १८ औ अधिबेशनले वडा नं ३ लाइ विभाजनको प्रकृया गाउँसभाबाटै
सर्बसम्मत रुपमा अगाडि बढाएको हो ।

स्थानियको मागलाई मध्यनजर गर्दै वडा नं ३ रजवारालाई दुईवटा वडामा बिभाजन गर्ने सर्ब सम्मत निर्णय भएको गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,`गाउँपालिकाको गाउँ सभाबाट सर्ब सम्मत रुपमा वडा विभाजन गर्ने सहमति भएकोछ । हामीले जिल्ला समन्वय समिति, प्रदेश हुँदै संघमा सिफारिस गर्ने हो । त्यही अनुरुप गर्छौं ।´ उहाँका अनुसार वडा विभाजनको प्रकृया गाउँपालिकाले सर्ब सम्मत रुपमा अघाडी बढाएकोछ ।

यसै बिच १८ औ अधिबेशनले गौमुखि गाउँपालिकालाई खरको छाना मुक्त घोषणा गर्ने, गौमुखी गाउँपालिकालाइ २०८२ भ्रमण बर्ष २०८२ मनाउने, गाउपालिका शिक्षा ऐन २०७७ लाइ संसोधन गर्ने, गाउँपालिकाको बिनियोजन ऐन २०८१ लाइ संसोधन गर्ने तथा बेरूजु सम्परिक्षण गर्न महालेखा परिक्षकको कार्यालयलाइ अनुरोध गर्ने निर्णय गरिएको अध्यक्ष गिरीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...