Skip to main content

सरोकार पोस्ट

नौबहिनी अध्यक्ष कपको उपाधी वडा नं ७ र १ लाई

Advertisement

भिमकला कुवर
प्यूठान । बिहीवारदेखि सुरु भएको नौबिनी गाउँपालिकाको दोस्रो अध्यक्ष कप प्रतियोगिताको उपाधी पुरुष तर्फ ७ नं वडा र महिला तर्फ १ नं वडाले हासिल गरेकाछन् ।

नौबहिनी गाउँपालिका खेलकुद विकास समितिको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा बिहिवार अध्यक्ष कप खेल अन्तर्गत भलिवल खेल उद्घाटन भएको थियो ।
शनिवार सम्पन्न अध्यक्ष कप अन्तरगत अन्तर वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिएकोमा ८ वटै वडाबाट पुरुष र महिलाहरुको टिम खेलमा सहभागी भएकाे खेलकुद विकास समितिका अध्यक्ष जनक बुढा मगरले जानकारी दिए ।

पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने ७ नं वडाले टिमले ६१ हजार १ सय ११ रुपैंया नगद सहित मेडल हात पारेकोछ भने द्धितिय पुरस्कार ५ नं वडाले ४१ हजार १ सय ११ रुपैंया सहित मेडल जितेको छ । तृतिय पुरस्कार ३ वडाले २१ हजार १ सय ११ रुपैंया र सान्त्वना २ नं वडाले ११ हजार १ सय ११ रुपैंया पुरस्कार हात पारे ।
यस्तै महिला भलिबल प्रतियोगितामा प्रथम भएको १ नं वडाले ३१ हजार १ सय ११ रुपैंया, द्धितिय ५ नं वडाले २१ हजार १ सय ११ रुपैंया, तृतिय ४ नं वडाले ११ हजार १ सय ११ रुपैंया र सान्त्वना ३ नं वडाले ७ हजार १ सय ११ रुपैंया पुरस्कार प्राप्त गरेको आयोजकले जनाएकोछ । दुबै खेल तर्फका बिजेता टिमले ट्रफि, मेडल र प्रमाणपत्र पाएका छन् । सान्तोना भन्दा तल हुने सबै सहभागी टिमलाई पाँच पाँच हजार रुपैया प्रोत्साहन स्वरुप उपलब्ध गराईएको नौबहिनी गाउँपालिकाले जनाएकोछ ।

वडा स्तरका खेल प्रतिभाहरुको पहिचान गरी खेलाडिहरुको सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ वडा स्तरीय अध्यक्ष कप प्रतियोगिता सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष डिलबहादुर थापाले बताउनु भयो । खेलकुद क्षेत्र र खेलाडीहरुको क्षमता विकासका लागि गाउँपालिकाले तालिमको ब्यवस्था सहित हरेक बर्ष भलिबल, क्रिक्रेट, राष्ट्रपति रनिङ शिल्ड लगायतका बिभिन्न खेलकुद प्रतियोगिता संञ्चालन गदै आएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताउनु भयो । खेल नौबहिनी गाउँपालिकाको आर्थिक सहयोगमा बहाने खेलकुद मैदानमा संञ्चालन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Atefia RTP-Transparenz und Spielinformationen

Atefia Captcha-Fehler: Was zu tun ist

Mythoswin Address Verification: Acceptable Proof

Tower Casino Nolimit City Extreme Volatility

छुटाउनुभयो कि ?

Atefia RTP-Transparenz und Spielinformationen

InhaltWas bedeutet RTP und warum ist es wichtig?So finden und prüfen Sie die RTP-Werte bei AtefiaTypische RTP-Bereiche und was sie...

Atefia Captcha-Fehler: Was zu tun ist

InhaltHäufige Ursachen für Captcha-FehlerSchritt-für-Schritt FehlerbehebungWas Sie beim Captcha-Eingabe beachten müssenTechnische ...

Mythoswin Address Verification: Acceptable Proof

ContentsWhy Address Verification is a Standard RequirementAcceptable Proof of Address Documents at MythoswinStep-by-Step Guide to ...

Tower Casino Nolimit City Extreme Volatility

InhaltWas bedeutet Extreme Volatility bei Nolimit City Slots?So managen Sie Ihr Budget für HochvolatilitätsspieleBonusangebote und...