प्यूठान। आज कोजाग्रत पुर्णिमाको अवसरमा प्यूठानका आधादर्जन भन्दा बढि ठाउँहरुमा सरायँ मेला हुदैछन् ।
प्यूठान नगरपालिकामै करिव ४ ठाउमा सराये मेला हँदैछन् । प्यूठान न पा ७ को ऐतिहासिक बखडी मेला, जुम्री, बेलपत्रेश्वर महादेव मन्दिर बेलुवा, लगायतका ठाउँमा मेला हुदैछन् । यस्तै नौबहिनीको माक्रे मन्दिर र झिमरुकको गडिकोट र आसपासका ठाउँहरुमा माला हुँदैछन् । नौबहिनीको माक्रे मन्दिरमा हुने मेला र झिमरुक गडिकोट मेलाको अवलोकन सहित उद्घाटन लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानी मन्त्रीबाट हुने मेला आयोजक समितिले जनाएकाछन् ।

बडादशै नवदुर्गाको पुजाआजा सहित कोटपुजा तथा देवी भगवती, तलेजु भवानीको पुजा पछि प्रसाद स्वरुप दशैंको टीका लगाउने प्रचलन अनुसार दशमी टीका लगाईन्छ । कतिपय समुदायले पुर्णिमा सम्मनै मान्यजन तथा आफन्तजनबाट टिमा लगाउने गर्दछन् । पुर्णिमाको दिन विशेष बढाई सहित सरायँ नाच प्रदर्शन गरी दशैंको बिदाई गर्ने प्रचलन छ ।




