Skip to main content

सरोकार पोस्ट

प्यूठान नगरमा `बह्मा र बिष्णु´ले पुर्वाग्रह राखेको नगर कर्मचारीको आरोप

Advertisement

प्यूठान । स्थानिय तह न्याय सम्पादन समितको संयोजक उपप्रमुख /उपाध्यक्ष हुन्छ । तर न्यायोजित निर्णय लिन नसक्दा वा न्याय समितिका जिम्मेवार जनप्रतिनिधिनै पुर्वाग्रह भएको भन्दै जनताले वास्तविक न्यायको अनुभूति पाउन नसकेको सामाजिक सञ्जाल मार्फत व्यक्त हुन थालेकोछ ।

 जनताकै घरदैलोको सिंह दरबार भनेर स्थापना भएका स्थानिय तहहरु मध्य प्यूठान जिल्लाको प्रमुख केन्द्रबिन्दुमा रहेको स्थानिय तह प्यूठान नगरपालिका हो । स्थानिय तहको पहिलो निर्बाचनबाट निर्बाचित मेयर अर्जुन कुमार कक्षपति र उपमेयर शान्ता आचार्य नेतृत्वले प्यूठान नगर भित्रको शौन्दर्यलाई खलल पार्ने बजार क्षेत्रका छाप्रे पसल र ढेब्री पसल हटाउने निर्णय गरेको थियो । एमाले-माओबादी गठबन्धनबाट निर्बाचित भएकाे त्यो नेतृत्वले बेलुवा बगर देखि बिजुवार हुँदै बाग्दुला सम्मका बजारमा सुचना टास्यो, एकदुईपटक छाप्रे र ढेब्री पसल हटाउने कोसिस पनि गर्यो । तर बजारमा छाप्रे र ढेब्रे पसल हटाउने क्रममा आफैलाई भोट दिएका मतदाताहरुको अनुहार र राजनीतिक दवाव थेग्न नसकेपछि निर्णयलाई थाति राखेर अभियानमा ब्रेक लगायो । त्यसबेला पनि बजारमा पहिलोपटक निर्बाचित त्यो नेतृत्वमाथि  पुर्वाग्रहको आरोप लागेकै थियो ।

दोस्रो कार्यकालमा राजनीतिक कोर्षले फेरि माओबादी कांग्रेस गठबन्धनबाट `बह्मा र बिष्णु´लाई नगरप्रमुख र उपप्रमुखको जिम्मेवारी सुम्पियो । शिक्षा क्षेत्रको राम्रो ज्ञान र अनुभव बटुलेका बिष्णु योगी(बिष्णु) मेयर बने र सञ्चार क्षेत्र र साजाजिक विकासको माध्यबाट जनताको मन मस्तिष्क छामेका देवेन्द्र बह्मा(बह्मा) उपमेयर बने । दोस्रो कार्यकाल उपप्रमुख बनेका बह्मा अघिल्लो कार्यकालमा मेयर पदमा चुनाव लडेर पराजित भएका थिए । समिकरण अनुसार कांग्रेसलाई उपमेयर परेपछि पहिल्लै मेयर लडेका उनी फेरी उपमेयरमा पनि लडे र जित हाँसिल गरे ।

`बह्मा र बिष्णु´ले पनि अघिल्लो नेतृत्वले जस्तै शैलीमा सडकको क्षेत्राधिकार ओगटेका छाप्रे र ढेब्री पसल हटाउने भन्दै हिडे । बाग्दुला बजारमा रहेका सात वटा ढेब्री हटाए । तर बाग्दुला बाहाने सडक निर्माणमा बाधक बनेका र बजारको शुन्दरतालाई प्रभाव पार्ने छाप्रा अझै पनि हटाउन सकेका छैनन् । सडकको नालि सम्म छेकेर छाप्रै पिच्छे तोरन जस्तो गरि सडकमा गाडी अल्झाउने पसलहरु नगर नेतृत्वले अझै नदेखेको स्थानियको भनाईछ । सडक बिस्तारमा समस्या भएको भन्दै छाप्रे पसल हटाउन वडालाई सूचना निकाल्न लगाएर नगर मुख्यालय पन्छिन खोजे जस्तो गरेको बजारवासीले गुनासो गर्दै आएकाछन् । सडकको नाली भन्दा बाहिर पैदल यात्रु हिड्ने एक मिटर फुटपाथ पनि छैन ।  सडकको नाली माथि पनि फलामे रेलिङ्ग लागएर छाप्रे पसल चलिरहेकाछन् ।  तर नगर नेतृत्वले चोकमा रहेमा दुईचार ढेब्री पसल हटाएर `छोरी कुटेर बुहारी तर्साए´ जस्तो गरेकोछ । प्यूठान नगरपालिकाको क्वाडी बेलुवा देखि दम्ती र बाग्दुला मरन्ठाना सम्म मुख्य सडक भएपनि सडकको सौन्दर्यता र सडक बिस्तार गर्न कुनै योजना छैन । सडक डिभिजन कार्यालयको मुख ताकेर बसेको नगरले आफूले सहजिकरण गर्ने तागत समेत देखाएकोछैन । संघ र प्रदेश अन्तरगतका सडकहरु मध्य कतिपय टाउँमा लगतकट्टा भएको भएपनि मापदण्ड बमोजिम लगतकट्टा गर्ने र सडक बिस्तार गर्ने बिषयमा नगर नेतृत्वले कुनै कदम चालेको छैन । मेयर धेरै नबोल्ने तर धेरै बोलेर जस लिन खोज्ने प्रबृत्ति भएकाे उपमेयरले कहिलेकाही अपजस पनि खाएकाछन् । अघिल्लै नेतृत्वले खिरिद गरेका बिद्युतिय चुलो बितरण प्रकृया, घरजग्गा करको बिषय जस्ता बिषयहरुमा नगरप्रमुख बोलेनन् तर उपप्रमुख अग्रपंक्तिमा बोल्दा अपजस पनि उनैले बेहोरेका थिए ।

अहिले समाजिक सञ्जाल फेसबुकमा नगरपालिकाकै पुर्बाधार शाखामा काम गर्ने कर्मचारी बिकास के सीले सडक किस्तार अभियानमा ढेब्री पसल हटाउने कार्य पनि नगर उपप्रमुखको पुर्वाग्रहले भएको उल्लेख गरेकाछन् । आफ्नै पाटी भित्र पनि आफ्नै गुट र गुट निकट कार्यकर्ता प्रति मात्रै उत्तरदायि भएको आरोप लाग्दै आएका देबेन्द्र बह्मालाई उहाँकै कार्यालयका कर्मचारी बिकास केसीले पनि पटकपटक फेसबुक मार्फत खबरदारी सहित बुर्बाग्रहको आरोप लगाएका छन्। उपमेयर बह्मा र के सी एउटै वडा वासी पनि हुनुहुनछ। नगरको न्याय प्रमुख भएको हिसावले अन्याय किन गरेको ? अभियान किन रोकेको ? भन्ने शैलिमा केसीले उपमेयरलाई भनेकाछन् ।  तर उपमेयरले यश बिषयमा कुनै प्रतिकृया दिएकाछैनन् । समयमै न्योचित निर्णय नलिदा र लिएको निर्णय टुंगोमा नपुर्याउँदा यस्तो आलोचना हुनु स्वभाविक मानिन्छ ।

 

निर्बाचन ताका नगरमा घन्किएको एउटा चुनाबी गित थियो,`खोलीखेत जोगाउने तटबन्धले हो, संविधान जोगाउने गठबन्धनले हो …।´ तर `बह्मा र बिष्णु´ प्रतिको आशा र भरोसा नगरबासीले जुन हिसावले गरेर नगरमा निर्बाचित गरे त्यस अनुरुपको उपलब्धि नभएको नगरबनसीले गुनासो गर्न थालेकाछन् । गितले भनेजस्तो खोलीखेतमा तटबन्ध नहुँदा खेतीपाती खोलाले खाएको, पाखोबारीमा बँदेल, बाँदर जस्ता जंगली जन्तुले खाएको छ भने संविधान जोगाउने र नजगाउने भन्ने बिषय सत्ता स्वार्थको लागि अनुकुल र प्रतिकुलका व्याख्या मात्रै हो ।

तर नगर उपप्रमुख बह्मा प्रति सामाजिक सञ्जालमा उल्लेखित बिषयनै पुर्वाग्रही ढंगले आएको नगर प्रमुख बिष्णु योगीले बताएका छन् । उनले भने ,` उपमेयरको  केही पुर्वनग्रह छैन । सडक पुर्वधारले सडक बिस्तारमा अवरोध चयको भनेपछी हामीले हटाएकाहौँ । काम त गर्न पर्यो नि ।´उनले सडक मापदण्ड कायम गर्न अध्ययनको काम भईरहेको पनि बताए । उप प्रमुख बर्माले आफूले कुनै काम पुर्वाग्रहले नगरेको बताउँदै नगरप्रमुख योगीलाई सोधेर स्पष्ट हुन आग्रह गरे ।

 बाग्दुला दम्ती सडक बिस्तारमा चोकमा रहेको ढेब्रीले अवरोध गरेकोले हटाईएको उनले बताए । तर उक्त सडक कालोपत्रे गर्ने कार्य दुई पटक म्याद थपेर पनि अझै सम्पन्न भएकोछैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Spinaura Proof of Income Requests: Quando e Por Que

Spinania Bónus de Aniversário: O Que Recebe e Quando

Linhas Diretas de Jogo Responsável da Hellspin

Aphrodite Casino Ce que le marketing ne mentionne pas

छुटाउनुभयो कि ?

Spinaura Proof of Income Requests: Quando e Por Que

ÍndiceO Que é um Pedido de Comprovativo de Rendimentos?Quando é Provável que o Spinaura Solicite esta Verificação?Documentos Aceit...

Spinania Bónus de Aniversário: O Que Recebe e Quando

ÍndiceO Que É o Bónus de Aniversário da Spinania?Como Reclamar o Seu Presente de AniversárioTipos de Ofertas e Condições de Aposta...

Linhas Diretas de Jogo Responsável da Hellspin

ÍndiceO Que São Linhas de Apoio ao Jogo Responsável?Recursos de Autocontrolo Disponíveis no HellspinQuando Deve Procurar Ajuda Ime...

Aphrodite Casino Ce que le marketing ne mentionne pas

SommaireLes conditions cachées des bonus : Lire entre les lignesLe processus de vérification (KYC) : Préparez vos documentsDélais ...