Skip to main content

सरोकार पोस्ट

ऐरावती गा.पा.को ५३ करोड, सरुमारानीको बजेट ४० करोड

Advertisement

 

ऐरावतीको बजेट ५३ करोड ५ लाख १८ हजार

प्यूठान । ऐरावती गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ५३ करोड ५ लाख १८ हजार रुपियाँको बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाको पन्ध्रौँ गाउँसभाको दोस्रो बैठकमा उपाध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले बजेट तथा कार्यक्रम प्रस्तुत गरेकाहुन् । पुजिगत तर्फ १५ करोड ८० लाख ५० हजार र चालु तर्फ ३७ करोड २४ लाख ६८ हजार बजेट किनियोजन भएकोछ ।

ऐरावतीमा उत्कृष्ट कृषक, कर्मचारी, शिक्षक, विद्यार्थीलाई सम्मान गरियो

गाउँसभामा कृषिमा उत्कृष्ट कार्य गरेवापत वडा नम्बर १ का कृषक छव बहादुर गुरुङ्गलाई सम्मान गरिएको छ । गाउँपालिकाका विभिन्न शाखाहरुमा कार्यरत कर्मचारीहरुबाट उत्कृष्ट कर्मचारीहरु छनोट गरी सम्मान गरिएको छ ।

सिनियर अ.हे.व दिपक के.सी, नर्सिङ्ग कर्मचारी उषा आर.सी, महिला स्वास्थ्य स्वयंसेविका सुष्मा के.सी., असिस्टेन्ट सव इन्जिनियर उमाराम आचार्य, वडा सचिब कृष्ण जि.सी., कार्यालय सहयोगी राजु खड्का, शिक्षा शाखामा कार्यरत कुल बहादुर थापालाई सम्मान गरिएको छ ।

साथै मोती मा.वि. बरौँलाका उत्कृष्ट शिक्षक हरेन्द्र शाह, उत्कृष्ट विद्यालय जनता मा.वि बिजुलीलाई सम्मान गरिएको छ । गत बर्षको बार्षिक परिक्षामा कक्षा ५, ८, १० र १२ कक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने बिभिन्न विद्यालयका बिद्यार्थीहरुलाई पनि सम्मान गरिएको छ ।

सरुमारानीको बजेट ४० करोड ३६ लाख ४४ हजार

गाउँपालिकाले पनि बजेट तथा कार्यक्रम प्रस्तुत गरेको छ । पालिकाको पन्ध्रौ अधिवेशनमा उपाध्यक्ष बसन्ता खड्काले ४० करोड ३६ लाख ४४ हजार रुपैयाँ बजेट प्रस्तुत गरेकीहुन् ।

आगामी वर्षको लागि आर्थिक विकास तर्फ रु. ३ करोड ३९ लाख ९४ हजार रुपैयाँ विनियोजन भएकोछ । जस अन्तर्गत कृषि तर्फ रु. १ करोड ३७ लाख ०४ हजार , उद्योग तर्फ रु. २० लाख ४० हजार, पर्यटन तर्फ ७८ लाख ५० हजार, जलस्रोत तथा सिंचाई तर्फ रु. ५२ लाख ५० हजार, वन तर्फ रु.१ लाख ५० हजार र पशुपन्छी विकास तर्फ रु. ५० लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको हो ।

त्यसैगरी पालिमाले सामाजिक बिकास अन्तर्गत रु. २१ करोड ०७ लाख ६३ हजार ७ सय रुपैयाँ विनियोजन गरेको छ । जस अन्तर्गत सामाजिक सुरक्षा तथा संरक्षण तर्फ रु. ८५ लाख १९ हजार, युवा तथा खेलकुद तर्फ रु. ३१ लाख ६७ हजार, खानेपानी तथा सरसफाइ तर्फ रु. २६ लाख ९९ हजार, भाषा तथा संस्कृती तर्फ रु. १३ लाख ७० हजार, शिक्षा तर्फ रु. १६ करोड २८ लाख ९७ हजार ७ सय स्वास्थ्य तर्फ रु. २ करोड ८६ लाख ९१ हजार र लैंगिक समानता तथा सामाजिक समावेशीकरण तर्फ रु. ३४ लाख २० हजार विनियोजन गरिएको छ ।

त्यसैगरी पूर्वाधार विकास तर्फ रु. ४ करोड ७५ लाख ४४ हजार, सुशासन तथ अन्तरसम्बन्धित क्षेत्र तर्फ रु. २ करोड ६३ लाख ९८ हजार र कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ रु. ८ करोड ४९ लाख ४४ हजार ३ सय रुपैयाँ विनियोजन गरिएको छ ।

यसरी कुल बजेट अन्तर्गत पुजिंगत तर्फ रु. ८ करोड ८९ लाख ३६ हजार रुपैयाँ अर्थात २२.०३ प्रतिशत र चालू तर्फ रु. ३१ करोड ४७ लाख ०८ हजार रुपैयाँ अर्थात ७७.९७ प्रतिशत वजेट विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Slotoro Casino Canada official site: Safe access to thrilling live dealer games

In the dynamic world of online gambling, players are constantly seeking thrilling experiences, and Slotoro Casino Canada rises...

Cupidono Casino Norway i 2026: Utnytt velkomstbonusen og spill smart

Velkommen til verden av nettcasinoer! I 2026 er Cupidono Casino en fremtredende aktør for norske spillere, og tilbyr et impone...

Freispiele im Cupidono Casino: Die besten Angebote für 2026

Willkommen im Cupidono Casino, einem aufregenden Ziel für Glücksspiel-Enthusiasten in Österreich! Dieses Casino bietet eine Vi...

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...