प्यूठान।
गुल्मी जिल्लाको मदाने गाउँपालिका–५ निवासी २५ वर्षीया विष्णा विकले आज एकैपटक चार छोरीलाई जन्म दिएकी छन्।
प्राप्त जानकारीअनुसार विष्णाले पहिलो छोरीलाई घरमै, दोस्रो छोरीलाई अस्पताल लैजाँदै गरेको गाडीमै तथा बाँकी दुई छोरीलाई जिल्ला अस्पताल बिजुवारमा सामान्य (नर्मल) प्रसूति मार्फत जन्म दिएकी हुन्।
चारमध्ये घरमा र गाडीमा जन्मिएका दुई छोरीको मृ*त्यु भएको छ। जिल्ला अस्पताल बिजुवारमा जन्मिएका अन्य दुई छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ।
विष्णाका यसअघि पनि ८ वर्ष र ६ वर्षका दुई छोरी रहेका छन्। उनका श्रीमान रोजगारीको सिलसिलामा भारतको सिमलामा रहेको जनाइएको छ।




