Skip to main content

सरोकार पोस्ट

‘आगामी निर्वाचन लोकतान्त्रलाई जोगाउने लडाई हो’ : युनियन अध्यक्ष लम्साल

Advertisement

लुम्बिनी प्रदेश।
नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशले शोमबार प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै प्रदेश राजधानी भालुवाङमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै रणनीतिक अभियान सञ्चालन गरेको छ । आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई विजयी गराउने उद्देश्यले युनियनले निर्वाह गर्नुपर्ने भूमिका, गतिविधि र आगामी कार्ययोजनाबारे विस्तृत छलफल गर्न उक्त अभियान आयोजना गरिएको हो ।
शोमबार भालुवाङमा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले लोकतन्त्र सुदृढीकरणमा प्रेस युनियनको भूमिका अझ जिम्मेवार र सक्रिय हुनुपर्ने आवश्यकता औँल्याए । उनले भने,”यसपटकको निर्वाचनमा लोकतान्त्रलाई जोगाउने लडाई हो ‌। त्यसैले यो लडाई लोकतान्त्रबादीहरुले जित्नुपर्छ।”

उनले प्रतिनिधिसभा निर्वाचन मुलुकको राजनीतिक भविष्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सचेत, तथ्यपरक र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको बताए । ‘निर्वाचनको समयमा गलत सूचना, अफवाह र भ्रम फैलाउने प्रयासहरू हुन सक्छन्, यस्ता गतिविधिको प्रतिरोध गर्दै सत्य र तथ्य जनतासम्म पु¥याउनु प्रेस युनियनको मुख्य दायित्व हो,’ लम्सालले भने ।
उनले नेपाली काँग्रेस लोकतान्त्रिक मूल्य र संविधानको रक्षाका लागि प्रतिबद्ध दल भएकाले काँग्रेसका उम्मेदवारलाई विजयी गराउन प्रेस युनियनले वैचारिक र नैतिक समर्थन जनाउनुपर्ने धारणा राखे । युनियनका सदस्यहरूले आफ्नो पेशागत मर्यादा कायम राख्दै लोकतन्त्र र संविधानको पक्षमा जनमत निर्माण गर्न योगदान पु¥याउनुपर्ने उनको भनाइ थियो ।

यसैबिच आगामी निर्वाचनका सन्दर्भमा संगठनको भुमिका र रणनैतिक बिषयमा केन्द्रीय महासचिव दिलिप पौडेलले प्रकास परेका हुन् । कार्यक्रममा प्रदेश तथा जिल्लाका युनियनका पदाधिकारी र सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचनको समयमा प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा र व्यावसायिक मर्यादाको विषयमा समेत चर्चा गरेका थिए। उनीहरूले निर्वाचनका क्रममा पत्रकारमाथि हुने सम्भावित दबाब, धम्की वा अवरोधप्रति युनियन सजग रहनुपर्ने र आवश्यक परे संस्थागत रूपमा प्रतिवाद गर्नुपर्ने धारणा व्यक्त गरे ।

रणनीतिक अभियानअन्तर्गत स्थानीय तहसम्म पत्रकारहरूलाई संगठित गर्ने, निर्वाचन सम्बन्धी सचेतनामूलक सामग्री प्रकाशन तथा प्रसारण गर्ने, भ्रामक समाचारको खण्डन गर्ने र लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा बहस सिर्जना गर्ने योजना बनाइएको जनाइएको छ । साथै सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै युवामाझ सकारात्मक सन्देश प्रवाह गर्ने विषयमा पनि छलफल भएको थियो ।
प्रदेश कार्यबाहक अध्यक्ष जयसिंह के.सी.को अध्यक्षतामा‌ लुम्बिनी प्रदेश स्तरीय भेला सम्पन्न भएको हो ।  कार्यक्रममा केन्द्रीय समितिका बरिष्ठ उपाध्यक्ष प्रेम केसी, उपाध्यक्ष माधव अर्याल, लगायत पदाधिकारी तथा सदस्यहरु, लुम्बिनी प्रदेशका १२ जिल्ला अध्यक्ष सहितको सहभागितामा छलफल सम्पन्न भएको छ । युनियनले यस अघि कर्णाली र सुदूरपश्चिम प्रदेशमा‌ रणनीतिक बैठक सम्पन्न गरिसकेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Pinco’da yerel ödeme yöntemleriyle sorunsuz işlemler

Online casino oyunları, günümüzde eğlence ve kazanç sağlama açısından büyük bir ilgi görmektedir. Pinco, bu alanda sunduğu kal...

Maximize your winnings: essential tips for fast payouts at online casinos

Online casinos have become increasingly popular, providing players with the chance to enjoy their favorite games from the comf...

Los secretos de las bonificaciones de casino: cómo jugar y ganar más

En el emocionante mundo de los casinos, las bonificaciones juegan un papel fundamental en la experiencia del jugador. Ofrecen ...