तानसेन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अहिलेको प्रश्न चुनाव कसले जित्ने भन्दा पनि देश कसले गाँस्न सक्छ भन्ने मूल प्रश्न भएको बताएका छन् । पाल्पाको तानसेनमा आयोजित पार्टीको अभिमुखीकरण कार्यक्रममा बोल्दै उपसभापति शर्माले चुनावको भन्दा पनि चिन्ता देशको रहेको बताएका हुन् । जिल्लाका कांग्रेसका दुवै उम्मेदवारसमेत रहेको भेलालाई सम्बोधन गर्दै उनले भने, ‘०८४ सालमा हुनुपर्ने चुनाव किन ०८२ मा हुँदैछ ? किन ७४ आमाको काख रित्तियो ? किन सिंहदरबार जल्यो ? यसको जरामा रहेको कारण पहिचान गरेर सही ढंगले देशलाई कसले समन्वय गर्न सक्छ ? भविस्यमा जेन-जीपछिको पुस्ता अल्फाले विद्रोह गर्ने अवस्था आउन नदिन नयाँ दृष्टि, नयाँ योजना र नयाँ…