Skip to main content

सरोकार पोस्ट

सरकारको उद्योग निति “प्रदेशको अधिकार अझै अपुर्ण”

Advertisement

दाङ । केही समय अघि संघीय र प्रदेश सरकारका उद्योग मन्त्री हरु बीच समन्वयात्मक बैठक बस्यो । काठमाडौमा बसेको बैठकमा प्रदेशका मन्त्रीहरुले उद्योगको अधिकार पुर्ण रुपमा प्रदेश सरकारले नपाएका कारण उद्योग मैत्री वातावरण निर्माण गर्न नसकेको गुनासो गरे । उद्योग सम्बन्धि पुर्ण अधिकार प्रदेशलाइ दिनु पर्ने माग राखेका प्रदेश मन्त्री हरु समक्ष संघीय मन्त्री दामोदर भण्डारीले भनेका थिए ” अब उद्योगको पुर्ण अधिकार प्रदेश सरकारलाइ हस्तान्तरण हुन्छ ।”

तर उक्त बैठक बसेको झण्डै ४ महिना पुग्न लाग्दा समेत उक्त अधिकार प्रदेश सरकारमा हस्तान्तरण हुन सकेको छैन । फलतः उद्योगका बारेमा प्रदेश सरकारले अपेक्षित काम गर्न सहज नभैरहेको लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेले जानकारी दिए । “उद्योगको सम्पुर्ण अधिकार अब प्रदेश सरकारलाइ हस्तान्तरण हुन्छ भनेको ४ महिना भयो, तर अहिले सम्म अवस्था पहिलेकै जस्तै छ,” उद्योग दिवसका अवसरमा भैरहवामा आयोजित कार्यक्रममा मन्त्री न्यौपानेले उद्योगी व्यवसायीहरुलाइ भने “प्रदेशलाइ पुर्ण अधिकार प्राप्त नहुदा तपाईहरुका समस्या समाधानमा केही असहज भैरहेको सत्य हो ।”
व्यवसायीहरुलाई झन्झटिलो करको नीतिले समस्या पर्दै आएको गुनासो ब्याप्त रहेको भन्दै मन्त्री न्यौपानेले थपे “तपाइहरुले स्थानीय तहमा कर, प्रदेश सरकारमा कर, अनि संघीय सरकारमा कर तिर्नु परिरहेको छ, यो निकै झन्झटिलो नीति हो, एकै ठाउँमा कर तिर्ने वातावरण निर्माण गरौं, केही सहज बनाऔं भनेर हामिले भन्दै आएका छौँ, तर हामिले भनेको जस्तो हुन सकेको छैन ।”
उद्योग सम्बन्धी दोहोरो नितिका कारण व्यवसायी हरु मर्कामा परिरहेको भन्दै मन्त्री न्यौपानेले दोहोरो नितिको अन्त्य नहुदा सम्म व्यवसायीहरुका समस्या समाधान असहज हुने समेत बताए । “क्रसर उद्योग दर्ता संघमा हुने भनिएको छ,अनि नविकरण प्रदेशले गर्ने भनिएको छ,” मन्त्री न्यौपानेले भने “अझ अहिले अब सबै प्रदेशमै हुन्छ प्रदेशमै जानुस भनेर भनिन्छ, तर क्रसरको पनि पुर्ण अधिकार प्रदेशलाइ छैन ।” संघले अधिकार हस्तान्तरण नगर्दा प्रदेशले केही काम गर्न सकेन भन्ने सन्देश आम जनमानसमा पर्दै गएको समेत उनले बताए ।
प्रदेशलाइ प्राप्त अधिकार अनुसार भने सरकारले काम गरिरहेको उनको भनाइ छ । प्रदेशका रुग्ण उद्योगहरुलाइ पुन: चलायमान बनाउन यस्ता उद्योगहरुको खोजीमा मन्त्रालय लागेको भन्दै मन्त्री न्यौपानेले यस्ता उद्योगहरुको पहिचान गरेर मन्त्रालयलाइ जानकारी दिन समेत ब्यवसायीहरुलाइ आग्रह गरे । “उद्योग ब्यबसाय सन्चालनमा अहिले बिकराल समस्या छ, उद्योग हरु बन्द गरेर पलायन हुने अवस्था छ, कैयन उद्योग हरु रुग्ण छन,” मन्त्री न्यौपानेले भने “यस्ता रुग्ण उद्योगहरूलाई पुन: चलायमान बनाउने दायित्व सरकारको हो, यस्ता उद्योगहरूको खोजीमा हामी लागेका छौँ, यस्ता उद्योगहरुका बारेमा तपाईहरुले पनि जानकारी दिएर सरकारलाइ सहयोग गरिदिनुस ।” रुग्ण उद्योगहरुको पहिचान गरेर यस्ता उद्योगहरूलाई सहायता प्रदान गर्ने लक्ष्य मन्त्रालयको रहेको मन्त्री न्यौपानेको भनाइ छ ।
यसैगरी उद्यम संचालनको वातावरण निर्माण गरेर उद्यमी उत्पादन गर्ने सरकारको अर्को लक्ष्य रहेको भन्दै सिपमुलक तालिममा आमनागरिक लाई जोड्न खोजिएको बताए । “उद्यमी उत्पादन हाम्रो अर्को लक्ष्य हो,” उनले भने “स्थान,परिवेशका आधारमा कुन स्थानमा कस्तो खालको सिपमुलक तालिम संचालन गर्ने, त्यो जानकारी पनि तपाइहरुले सुझावका रुपमा दिएर सहयोग गर्नुस् ।”
कार्यक्रममा सहभागी ब्यवसायी हरुले पनि उद्योग सम्बन्धी नीति एउटै हुनु पर्ने भन्दै एकद्वार प्रणाली लागू गरिनु पर्ने सुझाव दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...