Skip to main content

सरोकार पोस्ट

कांग्रेसको ईतिहास छ, तर भविष्य के हुन्छ ? : प्रजातन्त्र सेनानीको चिन्ता

Advertisement

सेनानी संघ प्यूठानको अध्यक्षमा पुनह पोख्रेल
प्यूठान । नेपाली कांग्रेस निकट प्रजातन्त्र सेनानीहरुले बर्तमान पाटी सांगठनिक गतिबिधि प्रति असन्तुष्ट व्यक्त गर्दै यथास्थितिमा कांग्रेस पाटी ईतिहास भएको तर भविष्य नभएको पाटी हुन लागेको बताएकाछन् ।

नेपाल प्रजातन्त्र सेनानी संघ, जिल्ला कार्य समिति प्यूठानको तेस्रो अधिवेशनमा बोल्ने सेनानी संघका केन्द्रीय तथा जिल्लाका नेताहरुले राजनीतिमा त्याग बाध्यताले हुने बताउदै त्यागको अपव्याख्या गर्दै पटबपटक लाभ लिन खोज्ने प्रबृत्ति बढ्दै जाँदा संगठन कम्जोर भएको बताए ।
पुर्व सांसद मुक्ति प्रसाद शर्माले पाटी नेतृत्वले बाटो बिराउँछ भने सेनानीहरुले खबरदारी निरन्तर गर्नु पर्ने बताउनुभयो । उहाले भन्नू भयो,`गलत गर्नेलाई जनता सामु ल्याउनै पर्छ । सेनानी संघले राम्रो भुमिका खेल्नु पर्छ ।´ उहाले पाटी भित्र नेताहरुले आफ्नो हितका निमित्त गुट बनाएपनि चेतनशिल कार्यकर्ता र जनताले गुटको पछी लाग्नु राम्रो नहुने बतनउनु भयो । `पाटीमा गुट जति भएपनि बिचार र पाटीको रणनीतिमा एकजुट हुन आवस्यक छ ।´ उहाँको भनाई छ ।

यसैबिच संघको अधिवेशनका केन्द्रीय प्रतिनिधि तथा संघका केन्द्रीय सदस्य बिधान प्रसाद श्रेष्ठले पाटी सुदृढीकरण नगरी अहिलेकै अवस्था कायम रहे कांग्रेसको ईतिहास भएको तर भविष्य नभएको पाटी हुने सम्भावना भएको भन्दै चिन्ता व्यक्त गर्नु भयो । उहाले भन्नुभयो, ` राजनीतिमा त्याग भनेको बाध्यता हो । कतिपय जेल बसेका र पारिवारिक राजनीतिक बिरासतलाई भजाएर व्याज, प्याज समेत असुलिसकेकाछन् तर राजनीति गर्ने सच्चा मान्छेहरु अहिले पनि कांग्रेसलाई मायाँ गरिरहेकाछन् ।´ उहाले हरेक ठाउँमा फेल भएका र स्कुल पढ्दा समेत फेल भएकाहरुले हो हल्लामा पाटी कब्जा गरेको बताउनुभयो । तर पाटी र देश बिगार्ने काममा पढेलेखेकाहरुले नै भुमिका खेलेको बताउनु भयो ।

यस्तै लुम्बिनी प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठले सामाजिक गतिबिधिमा पाटीको सहभागिता कम्जोर भएको बताउनु भयो । कतिपय सामाजिक गतिविधिमा आफूले अभिभावक बिहिनता भए जस्तो महसुस् गरेको बताउनुभयो । उहाँले भन्नू भयो,`पाटीमा संरक्षकत्व, अपनत्व, सद्भाप, माया र सहयोग पाटी र नेताहरुबाट अभाव भोग्दै आएको महसुस भयो । लाभको पदमा रहँदा पनि खुसि हुन सकिए । तर आफूले सकेको कामलाई निरन्तरता दिनेछु ।´

नेपाल प्रजातान्त्र सेनानी संघ प्यूठानका अध्यक्ष कमल प्रसाद पोख्रेलको अध्यक्षतामा भएको तेस्रो अधिवेशनबाट पुनह उहाँकै नेतृत्वमा ७ सदसिय कार्यसमिति सर्बसम्मत निर्बचित भएको छ । उपाध्यक्षमा ऋषिराम पण्डित, सचिबमा कमल रिजाल, सदस्यहरुमा श्रीधर सुवेदी, दधिराम शर्मा, कुलचन्द्र उपाध्याय, र शम्शेर बर्मा निर्बाचित भएको निर्वाचन समिति संयोजक गोबिन्दराज पोख्रेलले जानकारी दिनुभयो । यस्तै केन्द्रीय प्रतिनिधिमा पुर्ब सांसद मुक्ति प्रसाद शर्मा, टोपाराम पण्डित र देवराज गौतम चयन भएको उहाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...

Bonos del casino en 2026: descubre cómo maximizar tus recompensas al jugar

El mundo de los casinos en línea está en constante evolución, y en 2026, las oportunidades para los jugadores son más emociona...