Skip to main content

सरोकार पोस्ट

नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना

Advertisement

काठमाडाै। नवरात्रको दोस्रो दिन माता ब्रह्माचारिणीको पूजा अर्चना गर्ने गरिन्छ । अशीम अनन्तमा विद्यमान वा गतिमान ब्रह्मचारिणीको अर्थ हुन्छ । ब्रह्मचर्यको शब्दले गतिमान हुनु र विद्यमानलाई जनाउने गर्दछ । अर्थात्, तुच्छता वा निम्नतामा नरहनु नै ब्रह्मचर्य हो । ब्रह्मचारिणीलाई शाब्दिक रुपमा भन्दा यो सर्व व्यापक चेतान हो भन्न सकिन्छ । अर्कोतर्फ ब्रह्मको अर्थ तपस्या र चारिणीको अर्थ आचार गर्नु भन्ने हुन्छ । तसर्थ तपको आचरण गर्ने देवी नै ब्रह्मचारिणी हुन् । स्वरुपको आधारमाभन्दा दाहिने हातमा जपको माला एवं बायाँ हातमा कमण्डलु लिएकी देवी ब्रह्मचारिणी देवी हुन् ।
नवदूर्गाहरूमध्ये भक्तहरुलाई सिद्ध र अनन्त फल दिने देवी नै ब्रह्मचारिणी देवी हुन् । धार्मिक मान्यता अनुसार यी देवीको उपासनाबाट मनुष्यहरूमा तप, त्याग र वैराग्य, सदाचार, संयमको समेत वृद्धि हुने गर्दछ । यी देवीको ध्यान गर्नाले जीवनको कठिन परिस्थितिमा समेत मानिसहरूको मन कर्तव्यपथबाट विचलित हुनेछैन ।
देवी ब्रह्मचारिणीको पूजामा सबैभन्दा पहिले फूल, अक्षता, चन्दनद्वारा पूजा गर्ने गरिन्छ । उनलाई दूध, दही, शख्खर, घीऊ, मह आदिबाट स्नान गराएर देवीलाई प्रसाद अर्पण गर्ने गरिन्छ । प्रसाद ग्रहण गरिसकेपछि आचमन र फेरि पान, सुपारी, भेटी आदि चढाएर कलशको पूजा गर्ने गरिन्छ । यही प्रकारले नवग्रह, दश दिक्पाल, नगर देवता, ग्राम देवता आदिको पूजा गर्ने गरिन्छ ।
त्यसपछि देवीलाई पञ्चामृतले स्नान गराएर फूल, अक्षता, सिन्दूर अर्पित गर्ने गरिन्छ । ब्रह्मचारिणी देवीलाई कमल एकदमै मनपर्ने शास्त्रमा उल्लेख छ । त्यसैले सोही फूलको माला लगाएर घीऊ वा कपुरको मालासहित निम्न मन्त्रहरूद्वारा देवीको आरती गर्ने गरिन्छ ।
ब्रह्मचारिणी देवीको पूजाको समयमा मात्रै नभएर नवरात्रिभरी नै व्रत बस्ने मानिस नौ दिन नै जमिनमा सुत्नु पर्नेछ । व्रत बस्ने मानिसले फलाहार मात्रै गर्नुपर्ने हुन्छ । पूजाको समयमा नरिवल, कागति, अनार, केरा र मौसमी अरु कुनै पनि फलफूल भोग लगाएर मात्रै खानु पर्नेछ । व्रत गर्नुअघि संकल्प लिनु पर्नेछ ।
कम्तीमा पनि व्रत समयभर क्रोध, लोभ र मोह आदि दुष्प्रवृत्तिहरूको त्याग गर्नु पर्दछ । देवीको आह्वान, पूजन, विसर्जन, पाठ आदि गर्नका लागि प्रातःकालमा शुभ हुन्छ । अतः यस समयमा नै तप ध्यान र पूजा गर्नु पर्दछ । घटस्थापना अघि सूतक लागेमा पूजा गर्नुहुँदैन । तर, घटस्थापना गरिसकेपछि सूतक लागेमा कुनै दोष नहुने धार्मिक मान्यता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...