Skip to main content

सरोकार पोस्ट

प्यूठानका ९ स्थानीय तहको ५ अर्ब ७९ करोडको बजेट सार्वजनिक “मूलदेखि मुखसम्म”, “खेतबारीमा तरकारी, घरघरमा रोजगारी”, “फर्क युवा, बन उद्यमी” जस्ता कार्यक्रमलाई प्राथमिकता

Advertisement

प्यूठान — २०८२ असार
प्यूठान जिल्लाका ९ वटै स्थानीय तहहरूले आ.व. २०८२/८३ का लागि करिब ५ अर्ब ७९ करोड ६७ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेका छन्। कतिपय पालिकाले नवीन कार्यक्रम अघि सारेका छन् भने कतिपयले पुरानै महत्वकांक्षि योजनाहरूलाई निरन्तरता दिएका छन्।

🔹 स्थानीय तहअनुसार बजेट विवरणः

नवीन कार्यक्रम: के–के छन् नयाँ ?
गौमुखी गाउँपालिका
“मूलदेखि मुखसम्म पानी अभियान” – एक घर, एक धारा योजना कार्यान्वयन गरिने।
मल्लरानी गाउँपालिका
“खेतबारीमा तरकारी, घरघरमा रोजगारी” – उत्पादन आधारित अनुदानलाई प्राथमिकता।
नौबहिनी गाउँपालिका
“फर्क युवा, बन उद्यमी” – विदेशबाट फर्किएका युवालाई कृषि उद्यमतर्फ आकर्षण।
सरुमारानी गाउँपालिका
– डिजिटल शिक्षा प्रवर्द्धन कार्यक्रम र छोरी पेवा बचत कार्यक्रमलाई निरन्तरता।
ऐरावती गाउँपालिका
– सहकारीमार्फत कृषिजन्य तथा औद्योगिक वस्तुको बजारीकरण योजना।

पुराना योजनाको निरन्तरताः
प्यूठान नगरपालिका
– “एक वडा, एक पक्की सडक” योजना निरन्तर। – प्रवक्ता शुमनराज श्रेष्ठले नयाँ कार्यक्रम नरहेको बताए।
झिमरुक गाउँपालिका
– शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता। – ४२ करोड २५ लाख रुपैयाँ शिक्षा क्षेत्रमा विनियोजन।
माण्डवी गाउँपालिका र स्वर्गद्वारी नगरपालिका
– पूर्ववत् कार्यक्रमहरूलाई निरन्तरता दिई बजेट निर्माण।

प्यूठानका स्थानीय तहहरूले सार्वजनिक गरेका बजेटहरूमा स्थानीय आवश्यकता, रोजगारी, उत्पादन, जल व्यवस्थापन, र शिक्षा क्षेत्र प्रमुख प्राथमिकतामा परेका छन्। “सजग सरकार, स्थानीय विकासमा लगानी” भन्ने भावनालाई समेट्ने प्रयास बजेटमा देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

ShelbySpin Bingo Rooms and Prize Schedule

Lambabet Inzetbijdragepercentages

B7 Casino Registratie Waarschuwingssignalen om op te Letten

Atefia RTP-Transparenz und Spielinformationen

छुटाउनुभयो कि ?

ShelbySpin Bingo Rooms and Prize Schedule

ContentsAccessing the Bingo Lobby and Room SelectionUnderstanding Different Bingo Room TypesWeekly Prize Schedule and Special Even...

Lambabet Inzetbijdragepercentages

InhoudWat zijn bijdragingspercentages precies?Bijdragingspercentages per spelcategorie bij LambabetHoe bereken je je voortgang?Vee...

B7 Casino Registratie Waarschuwingssignalen om op te Letten

Inhoud1. Onduidelijk Bonusvoorwaarden en Wagering Requirements2. Gebrek aan Licentie- en Veiligheidsinformatie3. Onrealistische "N...

Atefia RTP-Transparenz und Spielinformationen

InhaltWas bedeutet RTP und warum ist es wichtig?So finden und prüfen Sie die RTP-Werte bei AtefiaTypische RTP-Bereiche und was sie...