Skip to main content

सरोकार पोस्ट

बृह्यत बिजुवार खानेपानीको अध्यक्षमा राजभण्डारी, सबै पदाधिकारीहरु दुईतिहाई मतले निर्बाचित

Advertisement

प्यूठान । बृह्यत विजुवार साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थामा बालाजु राजभण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति निर्बाचित भएकोछ ।
अध्यक्ष र कार्यसमिति सदस्य पदहरुमा निर्बिरोध भएपनि उपाध्यक्ष देखि कोषाध्यक्ष सम्मका पदाधिकारीमा सहमति नभएपछि मतदान प्रकृयाबाट टुंगो लगाईएको निर्बाचन समितिले जनाएकोछ ।

जम्मा २१२ प्रतिनिधि मतदाता रहेको उक्त संस्थामा १०७ मत खसेको थियो । खसेको मत अनुसार उपाध्यक्ष पदमा ७७ मत ल्याई टुक बहादुर थापा, सचिब पदमा ८८ मत ल्याई ऋषिराम पण्डित, सहसचिबमा ८१ मत ल्याई डिमराज पोख्रेल र कोषाध्यक्षमा ७९ मत ल्याई शन्तोष श्रेष्ठ बिजयि भएको निर्बाचन समितिका संयोजक अधिबक्ता गोबिन्द पोख्रेलले बताए । उनले सबै प्रतिद्वन्द्वी उमेद्वारहरुले विभिन्न कारण देखाई निर्बाचनमा भाग नलिने बताएपनि कानुनी प्रकृयामा उमेदवारी दर्ता भएको र निर्धारित समयमा उमेदवारी फिर्ता नलिएपछि मतदान प्रकृयाबाट टुंगो लगाईएको बताए ।

तर प्रतिस्पर्धीहरुले संस्थाको विधानअनुसार ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित हुनुपर्ने प्रावधान उल्लघंन गरिएको भन्दै संयुक्त बिज्ञप्ती जारी गरेका थिए । चैत १७ गते सम्पन्न २१औं वार्षिक साधारण सभा तथा आठौं अधिवेशनबाट अघि बढाइएको निर्वाचन प्रक्रियामा विधानको धारा १४.१ अनुसार ११ सदस्यीय कार्यसमितिमा महिला सहभागिता सुनिश्चित नभएको उनीहरूको गुनासो छ।
यस अघि निर्वाचन अधिकृतसमक्ष ध्यानाकर्षण गराउँदा पनि सुधार नभएको भन्दै उम्मेदवार भगवती खड्का (उपाध्यक्ष), हिमाल पौडेल (सचिव), रमेश पौडेल (कोषाध्यक्ष) र बाबुराम श्रेष्ठ (सहसचिव) ले निर्वाचन प्रक्रियामा भाग नलिने भन्दै बिज्ञप्ती जारी गरेका थिए । तर उमेदवारी दर्ता गरीसकेपछि समयमै उमेदवारी फिर्ता नलिएपछि बिज्ञपती जारी गर्दै निर्बाचनमा भाग लिदैनौ भन्नुले कुनै अर्थ नराख्ने निर्बाचन समितिले बताएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...