Skip to main content

सरोकार पोस्ट

नेबिसंघ प्यूठानलाई स्वबियु सभापति उमेदवार अपहरण गरेको एमालेको आरोप

Advertisement

प्यूठान – नेपाल विद्यार्थी संघ (नेविसंघ) प्यूठानले अनेरास्ववियुबाट स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति पदमा उम्मेदवार दिएका रुद्रमणी भुषाल अपहरण गरेको आरोप लागेको छ।

नेकपा एमालेका मल्लरानी गाउँ पालिका ईकाई अध्यक्ष नोमराज पौडेलले नेविसंघलाई स्वबियु सभापतिका उम्मेदवार भुषाललाई अपहरण गरि बन्धक बनाएको भन्दै उजुरी दिएको जिल्ला प्रहरी कार्यालयले जनाएकोछ । तर, नेविसंघका प्यूठान अध्यक्ष कल्याण विक्रम केसीले यो आरोपलाई लज्जास्पद भन्दै खण्डन गरेका छन्।
केसीका अनुसार, भुषाल आफ्नै इच्छाले घरमा बसिरहेका थिए, तर अनेरास्ववियुले हार स्विकार्न नसकी यस्तो आधारहीन आरोप लगाएको हो। उनले भने, “एमाले र अनेरास्ववियुले आफ्नो उम्मेदवार सम्पर्कमा आएन भनेर हामीलाई अपहरणको आरोप लगाउनु हास्यास्पद हो।”

जिल्ला प्रहरी प्रमुख (डीएसपी) दिपेश बस्यालका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ। उनले अपहरण गरिएका भनिएका रुद्रमणी भुषाल परिवारकै सम्पर्कमा रहेको बताएकाछन् ।

उमेदवारी फिर्ताको विषयमा अन्योल
रुद्रमणी भुषालले वारेसनामामार्फत उम्मेदवारी फिर्ता लिएको बताएका छन्। तर, क्याम्पस प्रशासनले उम्मेदवार स्वयम् उपस्थित हुनुपर्ने भन्दै फिर्तालाई आधिकारिक मान्न अस्वीकार गरेको छ। भुषाल भने उपचारका लागि काठमाडौंमा रहेको बताइन्छ। नेबिसंघ प्यूठानले क्याम्पस प्रशासन एमालेको बोलवाला भएको आरोप लगाएकोछ ।

प्यूठानका पाँच क्याम्पसमा प्रतिस्पर्धा
प्यूठानका पाँच क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ। प्रतिस्पर्धामा विभिन्न दलनिकट विद्यार्थी संगठनहरू संलग्न छन्। अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ, अखिल समाजवादी लगायतका संगठनहरू गठबन्धन र प्रतिस्पर्धामा रहेका छन्।

स्ववियु निर्वाचन नजिकिंदै गर्दा उम्मेदवारी फिर्ता, अपहरण आरोप र प्रशासनिक अन्योलले प्यूठान क्याम्पसमा विवाद चुलिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
3
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Atefia Captcha-Fehler: Was zu tun ist

Mythoswin Address Verification: Acceptable Proof

Tower Casino Nolimit City Extreme Volatility

Gambiva Complaint History: Red Flags

छुटाउनुभयो कि ?

Atefia Captcha-Fehler: Was zu tun ist

InhaltHäufige Ursachen für Captcha-FehlerSchritt-für-Schritt FehlerbehebungWas Sie beim Captcha-Eingabe beachten müssenTechnische ...

Mythoswin Address Verification: Acceptable Proof

ContentsWhy Address Verification is a Standard RequirementAcceptable Proof of Address Documents at MythoswinStep-by-Step Guide to ...

Tower Casino Nolimit City Extreme Volatility

InhaltWas bedeutet Extreme Volatility bei Nolimit City Slots?So managen Sie Ihr Budget für HochvolatilitätsspieleBonusangebote und...

Gambiva Complaint History: Red Flags

ContentsCommon Complaint Categories at GambivaUnderstanding Bonus Wagering and Withdrawal IssuesThe Account Verification Process: ...