सरोकार पोस्ट

दुई जिल्लाका ६ पालिकाको बैठक प्यूठान ऐरावतीमा

Advertisement

प्यूठान । सिकाई आदानप्रदान तथा अन्तर पालिका सहकार्य गर्ने उद्धेश्यसहित अर्घाखाँची र प्यूठानका ६ वटा पालिकाको बैठक बसेको छ ।
प्युठानको ऐरावती गाउँपालिकाको आयोजनामा सम्पन्न बैठकमा प्यूठानका ऐरावती, मल्लरानी, माण्डवी र सरुमारानी गाउँपालिका तथा अर्घाखाँचीका भुमिकास्थान र शितगंगा नगरपालिकाको सहभागिता रहेको थियो ।
बैठकमा अन्तरपालिकाको सडक विस्तार, उत्पादित वस्तु आदान प्रदान, उपलब्ध स्रोत साधनको प्रयोग र छिमेकी पालिकाहरु मिलेर संयुक्त आयोजनाहरु संचालन गर्ने विषयमा छलफल भएको हो । यस्तै अन्तरपालिकास्तरिय विपद् व्यवस्थापन तथा शान्ती सुरक्षालाई प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको ऐरावती गाउँपालिका अध्यक्ष नविल विक्रम शाहले बताए ।

सिमाना जोडिएका पालिकाहरुबिच सहकार्य गर्ने उद्देश्यले आयोजना गरिएको बैठकमा १५ शैयाका अस्पताल सञ्चालन गर्ने, स्थानीय मदिरा ब्राण्डिङ गर्ने, करका दायरा वृद्धी गरेर आन्तरिक श्रोत वृद्धी गर्ने र बनेका संरचनाहरुको संरक्षण गर्ने लगायतका एक दर्जन विषयमा छलफल भएको शितगंगा नगरपालिका प्रमुख छविलाल पौडेलले जानकारी दिए ।
६ पालिकाको संयुक्त बैठकमा अर्घाखाँचीको शितगंगा नगरपालिकाका प्रमुख पौडेल, भुमिकास्थान नगरपालिकाका प्रमुख झविलाल थापा, प्यूठानको ऐरावती गाउँपालिका अध्यक्ष शाह, मल्लरानी गाउँपालिका अध्यक्ष कृष्ण बहादुर खड्का, माण्डवी गाउँपालिका अध्यक्ष नवराज अधिकारी, सरुमारानी गाउँपालिका अध्यक्ष झक बहादुर विश्वकर्मा लगायतको उपस्थिती रहेको थियो ।

बैठकमा उपस्थित स्थानीय तहका प्रमुखहरुले संघ र प्रदेश सरकारले कानुन निर्माणदेखी बजेट विनियोजनमा पालिकाहरुलाई हेपेको गुनासो गरे । आफ्नो तहबाट काम नगरेर तल्लो तहको सरकारलाई पेलेको उनिहरुले बताएका छन् । जनतासंग प्रत्यक्ष जोडिएको स्थानीय सरकार उपल्ला तहका सरकारसंग भने जोडिन नसकेको उनिहरुको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

वीरगञ्ज पुगेका दुर्गा प्रसाईं पक्राउ

काठमाडौं । मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउन महाअभियान नेपाल’का संयोजक दुर्गा प्रसाईं वीरग...
जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

जग्गादेखि सडकसम्म : प्यूठानका पालिकाको संयुक्त छलफल

प्यूठान — संघीय सरकारले भूमिहीन सुकुम्बासी तथा सार्वजनिक जग्गा अतिक्रमणसम्बन्धी प्रतिवेदन माग गरेपछि प्यूठानका नौवटै स्थानीय तहका ...
अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

अब लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात सेवा, सवारी नवीकरण र अस्थायी बाटो इजाजत अब आफ्नै जिल्लाबाट, सेवाग्राहीलाई ठूलो राहत

भालुवाङ । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षदेखि प्रदेशका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा विस्तार गर्ने नि...
डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

डामृखोलामा मारुति भ्यान दुर्घटना : चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु

प्युठान, १ जेठ प्युठानको माण्डवी गाउँपालिका–१ डामृखोलास्थित देबिस्थान–दाङ सडक खण्डमा मारुति भ्यान दुर्घटना हुँदा दुई जनाको घट...