प्यूठान । संघिय सरकारले जिल्ला सदरमुकाम देखि काठमाडौं सम्मको भाडादर समायोजन सहित निर्धारण गरे सँगै प्यूठानमा पनि स्थानिय रुटहरुमा भाडादर टुंगो लगाउने तयारी अन्तिम चरणमा पुगेकोछ ।

हाल सम्मको प्रावधान अनुसार काठमाडौं देखि जिल्ला सदरमुकाम सम्म संघले, प्रदेश मुकाम देखि जिल्लाका स्थानिय तहको मुकाम सम्म प्रदेश सरकारले र स्थानिय तहको मुकाम देखि वडा तह सम्म स्थानिय तहले सवारी भाडादर निर्धारण गर्ने भनिएको थियो । तर पछिल्लो समय सरकारले नयाँ कार्यबिधि ल्याएपछि जिल्ला भित्रको व्यवस्थापकिय जिम्मा जिल्ला समन्वय समितिको नेतृत्वमा आएकोछ ।

जिल्ला स्थानिय रुटमा सवारी गाडीले आफूखुसी महंगो भाडा असुलेको गुनासो आएपछि स्थानिय तह सँग समन्वय गरि आवस्यक छलफल सहित टुंगो लगाउने तयारी भैरहेको जिल्ला समन्वय प्रमुख धरम जिसीले बताए । उनले भने,`हामीले प्रत्यक स्थानिय तहको केन्द्र देखि वडा तह, गाउँ सम्म सडकको अवस्था र दुरी कति छ भनेर स्थानिय तहबाट प्रतिवेदन मागेका छौ । प्रतिबेदन आईसकेकोछ । अब फेरि सबै तह र सबै पक्ष सँग छलफल गरि छिट्टै टुंगो लगायँछौँ ।´ उन्ले सडकको अवस्था हेरेर पक्की, ग्रावेल र कच्ची मध्य सोही बमोजिम भाडादर निर्धारण हुने बताए । `गाउँगाउँ सम्म सडक खोलिएकाछन् । तर भाडादर अहिले सम्म निर्धारण नहुँदा यातायात व्यवसायिले आफूखुसी भाडा असुल्दा सर्बसाधारण गगिएको गुनासो धेरै आएको छ ।´उनले भने । 
समन्य प्रमुखले छिमेकी जिल्लाहरुमा समेत बुझेर जिल्लाको मुकाम अथवा जिल्लाको मुख्य भागबाट स्थानिय तह र वडा सम्मका कच्चि अथवा ग्रावेल सडकहरुमा साना सवारी गाडीहरुको प्रति किलोमिटर रु१०/ रुपैया र ठुला बस तथा सवारी गाडीको प्रति कि.मी.रु.८/ प्रस्ताव गरेको बताए । तर यातायात व्यवस्था विभागको कार्यालय प्रमुखले समय नदिएका कारण छलफल हुन नसकेको उनले जानकारी दिए । जिल्लाका ९ वटै स्थानिय तहहरु सँग सडकको अवस्था र दुरी के कति छ भन्ने प्रतिवेदन समन्वय समितिको कार्यालयमा प्राप्त भैसकेको जिल्ला समन्वय प्रमुख जिसीले सरोकार पोष्टलाई जानकारी गराए । उनले भने,`पक्की सडकहरुमा केन्द्रले निर्धारण गरे अनुसारनै कायम हुन्छ । जिल्ला सदरमुकाम देखि भालुवाङ्ग सम्म र चकचके- रोल्पा तर्फको सडक संघिय मापदण्ड भित्रै पर्छ । भाडादर पनि स्वभाविक हिसावले सोही बमोजिम कायम हुन्छ । जिल्लाका अन्य सडकको अवस्था सुधार हुँदै जाँदा हरेक बर्ष भाडादर समायोजन हुन्छ ।´ उनले जिल्ला भित्रका अन्य पक्की सडकहरुमा पनि त्यसैलाई आधार मानेर भाडादर निर्धारण हुने बताए ।

संघिय सरकार यातायात व्यवस्था विभागले पक्की सडकमा सुपर डिलक्स गाडीको ४.७१ रुपैया, डिलक्सको ३.९२ रुपैया र सामान्य गाडीको ३.२७ रुपैया कायम गरि भाडादर सार्बजनिक गरेकोछ । तोकिएको दर भन्दा सवारी गाडीले आफूखुसी भाडा असुल्न खोजे नियमानुसार कारबाही हुने प्रहरीले जनाएकोछ । सबै सावारी साधनले स्पष्ट देखिने गरि तोकिए बमोजिमको भाडादर गाडीमा टास्न पनि लगाईने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएपी दिपेश बस्यालले बताए । 
केही समय अघि सरकारले भाडादर कायम गर्ने बिषमा नया कार्यबिधि ल्याएकोछ । कार्यबिधि अनुसार जिल्ला भित्रका सडकहरुमा भाडादर कायम गर्न समितिको क्षेत्राधिकार समेत तोकेको छ । समितिमा जिल्ला समन्वय समितिको प्रमुख संयोजक रहने गरी यातायात व्यवस्था सेवा कार्यलायको प्रमुख सदस्य सचिव, यातायात व्यवसायि समितिहरुले तोकेको प्रतिनिधि सदस्य, प्रमुख अधिकारी वा प्रतिनिधि सदस्य, जनपथ प्रही र ससत्र प्रहरी कार्यालय प्रमुख सदस्य, सडक पुर्वाधार कार्यालय प्रमुख वा तोकेको प्रतिनिध सदस्य रहने व्यवस्था गरिएको जिल्ला समन्वय समिति प्यूठानले जनाएको छ ।



