दाङ, भालुवाङ्ग । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज पदभार ग्रहण गरेकोछ । महासंघका केन्द्रीय सचिब सबिन प्रयासनको प्रमुख आतिथ्यतामा आज कार्यक्रम सम्पन्न गरिएको हो । 
प्रियासनले नया नृतृत्वलाई शुभकामना व्यक्त गर्दै महासंघको संस्थागत विकासमा सबै पक्षसँग समन्वय गरि अगाडि बढ्न शुझाव राख्नुभएको छ । प्रदेश समितिका निबर्तमान अध्यक्ष वसन्त गिरी नेतृत्वको समितिबाट नया निर्बाचित समितिका अध्यक्ष शुक्रऋषि चौलागाईंको नेतृत्वलाई आज ओैपचारिक रुपमा पदभार हस्तान्तरण तथा ग्रहण कार्य सम्पन्न गरिएको हो । महासंघको प्रदेश कार्यालय भालुवाङ्गमा एक ओैपचारिक समाहरोहका बिच कार्यक्रम गरिएको हो ।

निबर्तमान कार्यसमितिले प्रदेशको भौतिक व्यवस्थापन सहित महत्वपुर्ण काम गरेकोमा आभार व्यक्त गर्दै नया नेतृतवले प्रदेशमा पत्रकार कल्याणकारी कोषको व्यवस्थापन, प्रदेश सञ्चार परिषदलाई नीतिगत तहदेखिनै व्यवस्थापन गर्ने, र जिल्ला शाखा सँग समन्वय गरि सदस्यता शुद्धीकरण प्रकृयालाई व्यवस्थित गर्ने, सबै जिल्ला सम्म पत्रकारको क्षमता विकास तालिम लगायतका बिषयहरु कार्ययोजनामा समेटेर अगाडि बढ्ने नव निर्बाचित अध्यक्ष शुक्रऋषि चौलागाईंले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै आज देखिनै पत्रकार महासंघको नव निर्मितत भवनमा नयाँ नेतृत्वले कार्यालय सञ्चालन गरेकोछ । 
कार्यक्रममा प्रदेशबाट केन्द्रीय समितिमा निर्बाचित पदाधिकारी, सदस्य सहित लुम्बिनी प्रदेशका १२ वटै जिल्ला शाखा अध्यक्ष तथा पदाधिकारीको समेत उपस्थिति रहेको थियो ।



