Skip to main content

सरोकार पोस्ट

कांग्रेसका सबै तह चलायमान बनाउन सय दिने अभियान प्यूठानमा तिब्र

Advertisement

प्यूठानको ऐरावतीमा सम्मेलन सम्पन्न, कांगेसलाई बुझेरै सदस्य बनौं : केन्द्रीय प्रतिनिधि रायमाझी
प्यूठान । नेपाली काग्रेसको केन्द्रीय रणनीति अनुसार ७ सय ५३ वटै स्थानिय तह र सबै स्थानिय तहका सबै वडाहरुमा सय दिने अभियान सञ्चालन गरिरहेकोछ । सय दिने अभियानमा पाटीको आन्तरिक सुदृढिकरण सँग सबै तहमा पाटीको तर्फबाट निर्बाचित भएका जनप्रतिनिधि र पाटी समिति बिचको समन्वय समिति समेत निर्माण गरि संगठनलाई चलायमान बनाउने कांग्रेसको मुख्य रणनीति छ ।

यसै बिच प्यूठानमा पनि अभियानलाई तिब्र बनमईएको कांग्रेसले जनाएकोछ । कतिपय जिल्लाका प्रतिनिधि वडामा खटेर वडाको अभियानमा लागि परेकाछन् भने, जिल्ला स्तरकाे नेतृत्व स्थानिय तह केन्द्रीत भएर सम्मेलन गर्दै पाटी सुदृढीकरणको दौडधुपमा छन् । नेपाली कांग्रेस प्यूठानले सरुमारानी, माण्डवी र ऐरावती गाउपालिकामा पालिका सम्मेलन सम्पन्न गरिसकेको जिल्ला सभापति बिष्णु कुमार गिरीले बताउनुभयो ।

शुक्रबार ऐरावती गाउँपालिकामा अभियान सम्पन्न गरिएको हो । अभियान सफल बनाउन केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् खेलकुद बिभाग प्रमुख उमेशचन्द्र रायमाझी आउनुभएको थियो । कार्यक्रमको उद्देश्य माथि प्रष्ट पार्दै उहाले नेपाली कांग्रेस बुथ कमिटी देखी वडा र पालिका हुँदै क्षेत्र एवम् जिल्ला तह सम्म सबै चलायमान हुन जरुरी रहेको बताउनुभयो । पाटीको कृयाशिल सदस्यता बितरण देखि पाटी निकटका भातृ तथा सुवेच्छुक संगठनलाई समेत सकृय बनाउन अभियानले शार्थकता पाउने आफूले विश्वास गरेको बताउनु भयो । उहाँले भन्नू भयो,`काग्रेसको शिद्धान्त, बिचार र आदर्श बुझेर सदस्य बनौ र बनाओैँ । कांग्रेसले स्थापना कालदेखी विभिन्न समयमा कठिन परिस्थितिमा देश र देशको स्वाभिमान जोगाउन लडिरहेको छ । तर सरकार कांग्रेसको नीति अनुसार चलेपनि पुर्णकालिन एकल नेतृत्व लिन सकेकोछैन । त्यसैले जनताले सास्ती खेपिरहेका छन् ।´ उहाले पाटीको गुटगत राजनीतिलाई हटाउन बिधान संशोधन गर्नुपर्ने पनि बताउनु भयो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा.गोबिन्दराज पोख्रेलले सरकार अस्थिर हुँदै जाने ढल्ने र बनाउने खेलले देशको अर्थतन्त्र कम्जोर भएका कारण मुख्य दुईदल कांग्रेस र एमाले मिल्नु परेको बताउनु भयो । उहाले भन्नू भयो,`चुवाव खर्च धेरै खर्चिलो पनि भयो , सरकार बनाउने र ढाल्ने खेलले अर्थतन्त्र बिग्रदै गएको छ । तसर्थ संबिधान संशोधनका लागि दुईदल बिच समेन्त्र बन्दैछ ।´ उहाले आगामी निर्बाचन एक्लै लड्ने तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गर्नुभयो ।

कांग्रेसको ऐरावती सम्मेलन पालिका सभापति अमर रेस्मीमगरको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रदेश सहमहामन्त्री तथा प्रदेश सांसद निमा गिरी, जिल्ला सभापति बिष्णु कुमार गिरी, प्रदेश सांसद धनलक्ष्मी श्रेष्ठ, पुर्ब सभापति अमर भण्डारी, प्रदेश सदस्य साधना राउत, पुर्ब उपसभापति हुकुम बहादुर बिष्ट, पुर्ब सचिब शिव रिजाल, जिल्ला उपसभापति ईश्वरसिंह बिष्ट, सचिब एन पि मगर, क्षेत्रीय सभापति टेक प्रसाद भण्डारी लगायतका नेताहरुको समेत सहभागीता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...