Skip to main content

सरोकार पोस्ट

नौबहिनी र ऐरावतीमा राष्ट्रपति रनिङ्गशिल्ड सुरु

Advertisement

शागर शर्मा रिजाल
प्यूठान । `राष्ट्रका लागि खेलुकद, स्वास्थ्यका लागि खेलकुद´ भन्ने नारा सहित जिल्लाको उत्तरी भु-भागमा अवस्थित नौबहिनी गाउँपालिका र दक्षिणी भु-भागमा रहेको ऐरावती गाउँपालिकमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता खेल शुक्रबारदेखि ओैपचारिक रुपमा सुरु भएकोछ ।

नौबहिनीमा संघिय सांसद सुर्य थापाले खेल उद्घाटन गर्नुभयो भने ऐरावतीमा राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष प्रा.डा. गोबिन्दराज पोख्रेलले गर्नुभएको छ । नौबहिनीमा चौथाे र ऐरावतीमा पाचौँ रनिङ्गशिल्ड प्रतियोगिता सञ्चालन भएको हो ।

खेल उद्घाटन गर्दै सांसद सुर्य थापाले नौबहिनी खेलकुदमा जिल्लाकै अग्रपंक्तिमा रहेको बताउनु भयो । खेल संगै आफ्नो शैक्षिक क्षमता विकासमा लाग्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । एस ई ईको पछिल्लो नतिजाले नौबहिनी पालिका सहित जिल्लाका धेरै बिद्यालय शून्य हुँदा लज्जित हुनु परेको भन्दै उहाले सुधारका निम्ती सबै पक्ष सकृय र सजक हुनुपर्नेमा जोडदिनुभयो । उहाले भन्नू भयो, `बिद्यालयमा बिषयगत शिक्षकको दरबन्दी सरकारले व्यवस्था गर्न नसक्दा केही बिषयमा शैक्षिक उपल्ब्धि हाँसिल गर्न अप्ठेरो परेकोछ । तर भएका ठाउँमा पनि राम्रो नतिजा नआउनु दुखद हो ।´

यसै बिच राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष प्रा.डा. गोबिन्द राज पोख्रेलले ऐरावती गाउँपालिकाको पाचौ राष्ट्रपति रनिङ्गशिल्ड उद्घाटन गर्दै पढाइ, अनुशासन सँगै खेलकुदबाट पनि आफ्नो करियर निर्माण गर्न सकिने भन्दै तिनवटै कुरालाई आत्मसाथ गरेर अगाडि बढ्न सहभागिहरुलाई आग्रह गर्नुभयो । उहाले भन्नुभयो,` मुख्य कुरा पढाइ हो, साथमा खेलकुद आवस्यक छ । खेलकुदले अनुशासनको पालना गर्न सिकाउँछ । साथै मनोबैज्ञानिक हिसावले पनि मानिसलाई तन्दुरुस्त बनाउन खेलले टेवा दिन्छ ।´´
उहाले सामाजिक सञ्जालको दुरुपयोग नगरी आफ्नो कोर्षलाई टेवा दिने खालका ज्ञान हासिल गर्न पनि बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो । “कम्तिमा १६ बर्ष मेहनेत गरेर पढौँ, खेल सँगै अनुशासित बनौ ।´´ डा. पोख्रेलको भनाई छ ।

नौबहिनी गाउँपालिकामा ११ वटा र ऐरावतीमा ७ वटा माध्यमिक बिद्यालय बिच विभिन्न खेलमा छात्र छात्राले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्ने आयोजक गाउँपालिकाले जानकारी दिएकाछन् । छात्र छात्राहरुलाई छुट्टाछुट्टै दौड, भलिबल, सटफुट थ्रो, ज्याब्लिङ्ग थ्रो, हाईजम्प, लमजम्प, कपर्दी लगायतका विभिन्न बिधाका खेलहरुमा भाग लिने बताईएकोछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

Fastest way to play Aviator Game India: official site access with seamless UPI and

The world of online casino gaming in India is evolving rapidly, and players are keen to discover trusted platforms offering bo...

Why Trung tâm dinh dưỡng TPHCM is trending for crash game players in India:

As online casino gaming surges in popularity across India, players are constantly searching for platforms that deliver both ex...

Fast-track your LMU Build casino experience: official site, bonuses, and secure player

The world of online casinos continues to evolve at a rapid pace, and LMU Build offers players in 2026 a comprehensive guide to...

Why Aviator Game India is the go-to crash game for real cash wins and

Playing at a casino in India is no longer just about traditional games—it’s about accessing exciting crash games and real cash...