प्यूठान । बिगत तीन बर्ष यता बडादशैको महाअष्टमीमा हुँदै आएको भित्रिकोट दौड प्रतियोगिता यशबर्ष पनि सञ्चालन हुने भएकोछ ।
ऐतिहासिक पृष्ठभुमि रहेको भित्रिकोट सम्म करिब ८ किलोमिटरको दुरीमा प्यूठान नगरपालिका वडा नं ७ पुण्ड्यखोलाबाट दौड प्रतियोगिता हुने प्यूठान न पा ७ का वडाअध्यक्ष नेत्रबहादुर के सीले बताउनुभयो । यसबर्ष प्यूठान जिल्ला बासीले मात्र दौड्न पाउनेछन् भने उमेर हद १८ देखी ४० बर्ष कायम गरिएकोछ । दौडमा प्रथम हुनेले १५ हजार, दोस्रोले १० र तेस्रोले ७ हजार पुरस्कार पाउनेछन् । सातौ स्थान सम्म आउनेले सान्तोना पुरस्कार पाउने सञ्चालक समितिले जनाएको छ ।


तर प्यूठान नगरपालिकाको प्रमुख पर्यटकिय केन्द्रबिन्दु भित्रिकोट भएपनि नगरले उक्त क्षेत्रको पर्यटन विकासमा उलेख्य चासो नदिएको स्वतन्त्र नागरिक मञ्च प्यूठानका सह संयोजक दलबहादुर केसीले बताउनुभयो । प्यूठानका कोटहरु मध्य भित्रिकोट प्रमुख कोट भएपनि जिल्लाका अन्य सहायक कोटहरुमा स्थानिय तहलेनै अपनत्व लिएर बजेट व्यवस्थापन गरेर कोटहरुमा संस्कृति जगेर्ना गर्दै आए पनि प्यूठान नगरपालिकाले भित्रिकोटमा चासो नदिएको उहाको भनाईछ । भौगोलिक हिसावले भित्रिकोट प्यूठान नगरपालिका ४ मा पर्ने भएपनि ऐतिहासिक र सास्कृतिक हिसावले वडा नं ७ ले सबै व्यवस्थापन गर्नुपर्ने भएकाले मेला व्यवस्थापनमा कठिन भएको वडा अध्यक्ष केसीले बताउनुभयो ।
भित्रिकोटको भौगोलिक संरचना निर्माणका लागि नगरपालिकाले गुरुयोजना बनाएको भएपनि उक्त योजनाको उद्देश्य अनुरुप नगरपालिकाले कार्यक्रम तय नगर्दा योजनानै अलपत्र छ भने भित्रिकोट मेला व्यवस्थापन गर्ने, सास्कृतिक गतिबिधि र पर्यटक आकर्षणका बिषयमा पनि चासो नदिएको मेला व्यवस्थापन समितिले जनाएकोछ ।



