Skip to main content

सरोकार पोस्ट

लोसपा र जसपा मिसाएर ठूलो पाटि बन्ने दाउमा एमाले कांग्रेस : बर्षमान

Advertisement

प्यूठान । नेकपा माओबादी केन्द्रका उपमहासचिब तथा पुर्ब अर्थमन्त्री बर्षमान पुनले एमाले र कांग्रेसले सानादलहरु जसपा र लोसपा मिलाएर आ आफै ठूलो दल बन्ने रणनीतसमा रहेको बताएकाछन् ।

माओबादी निकट बिद्यार्थी संगठन अखिल क्रान्तिकारीको २१ ओैँ जल्ला सम्मेलनका लागि प्यूठान आएका नेता पुनले पत्रकार भेटघाटका क्रममा एमाले अध्यक्ष के पि ओलीले जनता समाजबादी पाटी र कांग्रेस सभापति देउवाले लोकतान्त्रिक समाजबादी पाटी मिलाएर ठूलो दल बन्ने रणनीति बनाएको बताए ।

एमाले अध्यक्ष ओली जसपालाई मिलाएर ठूलो दल बन्ने र चुनाव सम्मनै संबिधानको धारा ३ अनुसार सरकारको नेतृत्व गरिरहने रणनीतिमा रहेको उनको भनाईछ । तर कांग्रेसले पनि लोसपा मिसाएर फेरीठुलो दल बन्ने रणनीतिमा छ । यसर्थ अहिलेको गठबन्धन देउवा प्रधानमन्त्री बन्ने पालो आउँदा रहने या नरहने भन्ने बिषय जटिल रहेको नेता पुनले बताए । उनले भने,`केपि ओलीले हिजो मध्यावधि निर्बाचनमा जानुको कारण सिद्ध गर्ने वाहाना खोजिरहेकाछन् ।  बिभिन्न बाहानामा फेरी मध्यावधि निर्बाचनमा जाने के पी ओलीको दाउछ । तर त्यो सम्भव भने छैन ।´´

नेता पुनले अर्को प्रशंगमा संघिय व्यवस्थामा प्रदेश संरचनालाई पुर्ण अधिकार प्रत्यायोजन नगरिएका कारण पदेशको बिषयमा प्रश्न उठेको बताए । उनले प्रदेशका सबै अधिकार संघले राख्न नहुने भन्दै अहिलेनै प्रदेश संशोधनको आवस्यकता नरहेको स्पष्ट पारे । बर्तमान सरकारको बिषयमा खासै टिप्पणी उनले गरेनन् । तर अहिलेको गठबन्धन भ्रष्टाचारका गम्भीर बिषयहरुमा मिलोमतो गरी मिलाउने र सत्ता चलाउने खेलका लागि मात्र भएको उनको भनाईछ । अहिले माओबादी केन्द्र आन्तरिक व्यवस्थापकिय सुधारको तयारीमा रहेकाले जनता बिच सकारात्मक ढंगले प्रस्तुत हुने नेता पुनको भनाईछ । उनले भने,` हामी प्रतिपक्ष दलको हिसावले सडक र सदन दुबै ठाउँबाट सकारात्मक रुपले संघर्ष गर्छौँ , जनताका बिषय उठाउँछौँ । ´

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

Spinaura Proof of Income Requests: Quando e Por Que

Spinania Bónus de Aniversário: O Que Recebe e Quando

Linhas Diretas de Jogo Responsável da Hellspin

Aphrodite Casino Ce que le marketing ne mentionne pas

छुटाउनुभयो कि ?

Spinaura Proof of Income Requests: Quando e Por Que

ÍndiceO Que é um Pedido de Comprovativo de Rendimentos?Quando é Provável que o Spinaura Solicite esta Verificação?Documentos Aceit...

Spinania Bónus de Aniversário: O Que Recebe e Quando

ÍndiceO Que É o Bónus de Aniversário da Spinania?Como Reclamar o Seu Presente de AniversárioTipos de Ofertas e Condições de Aposta...

Linhas Diretas de Jogo Responsável da Hellspin

ÍndiceO Que São Linhas de Apoio ao Jogo Responsável?Recursos de Autocontrolo Disponíveis no HellspinQuando Deve Procurar Ajuda Ime...

Aphrodite Casino Ce que le marketing ne mentionne pas

SommaireLes conditions cachées des bonus : Lire entre les lignesLe processus de vérification (KYC) : Préparez vos documentsDélais ...