Skip to main content

सरोकार पोस्ट

सुत्केरीलाई स्टेचरमा बोकेर स्वास्थ्यकर्मी घरमै पुगे

Advertisement

प्यूठान । बाहिर बर्षे झरी झमझम परिरहेको थियो । प्युठानको ऐरावती गाउँपालिका–६, काल्नेकी ३० वर्षीया जिवा विकलाई शनिबार साँझ सुत्केरी व्यथा लाग्यो । केही दिन देखि उनको तल्लो पेट दुखिरहेपनि प्रशव बेथाले एक्कासी त्यसरी च्याप्ला भन्ने उनले सोचेकी थिइनन् । पालिकामा गर्भवती भएका महिलाहरुलाई स्वास्थ्यकर्मीहरु नियमित निगरानीमै राखेकाे थियो। जति साँझ पर्यो पेट पनि त्यतिनै दुख्न थालेपछि स्वास्थ्यकर्मीलाई उनले सम्पर्क गरिन् । तर स्वास्थ्य कर्मीले जिवालाई स्वास्थ्यचौकीमै आउन आग्रह गरे ।

बाहिर असारे झरी रोकिएको थिएन । रात परिसकेकाले गाडी पनि पाउने अवस्था थिएन ।  माइतमै रहकी जिवा ३ वर्षको छोरो र आमासहित करिब साढे दुई किलोमिटर टाढा मल्लरानी गाउँपालिका–३, धरमपानीमा रहेको स्वास्थ्य चौकीमा रातिको ८ बजे  पुगिन् । त्यसैदिन राति करिब १० बजे सामान्य अवस्थामा छोरीलाई जन्म दिइन् । सुत्केरी भएको २४ घण्टासम्म आराम गरेपछि स्वास्थ्यकर्मीहरुले उनलाई घर जान सल्लाह दिएका थिए  ।

 तर असारे झरी रोकिएको थिएन ।  झरीका कारण गाउँ जाने गाडी चलेका थिएनन् । उनलाई बोकेर घरसम्म लैजान गाउँका अरु कोही थएनन्  । त्यसपछि स्वास्थ्यकर्मीहरुले नै स्टेचरमा बोकेर उनको घरसम्मै पुर्‍याइदिए ।

स्वास्थ्य चौकीमा जिवाको माईती गाउँका अरु मान्छेहरु पनि थिए । उनीहरुलाई घरसम्म पुर्‍याइदिनुस् भनेर अनुरोध गर्दा पनि कोही तयार भएनन् । तसर्थ जनस्वास्थ्य निरीक्षक (अधिकृत छैटौं) टुकाराम पोख्रेल सहितका स्वास्थ्य चौकीका कर्मचारीनै जिवालाई स्टेचरमा बोकेर असारे झरीमा हिलाम्मे हुँदै हिडे ।

जनस्वास्थ्य निरीक्षक पोख्रेलसहित, अहेब मुना केसी, अनमी पार्वता पुन, ल्याब असिस्टेन्ट शान्ता पुन र कार्यालय सहयोगी नमा पौडेलले जिवालाई पालैपालो बोकेका थिए । जिवा विक मल्लरानी–२ को स्याला भन्ने ठाउँबाट हालैमात्र बसाइँ सरेर ऐरावती गाउँपालिकामा आएकी थिइन् । उनका श्रीमान् रोजगारीको सिलसिलामा भारतमा छन् । त्यसैले उनी माइतमा बस्दै आएकी थिइन् ।

जनस्वास्थ्य निरिक्षक पोख्रेलका अनुसार स्वास्थ्य चौकीमा २४ घण्टे प्रसूति सेवा उपलब्ध छ । त्यहाँ सात जनाको जनशक्ति छ । तर जनस्वास्थ्य निरीक्षक पोख्रेल एक मात्र पुरुष कर्मचारी हुन् । अहेब, अनमी, ल्याब असिस्टेन्ट, कार्यालय सहयोगी सबै महिलामात्र छन् ।

जनस्वास्थ्य निरिक्षक पोख्रेल भन्छन्, ‘पानी बिदो भएपछि अब सुत्केरीलाई घर लैजान सक्नुहुन्छ भन्यौं । उहाँले आफैं हिँडेर जान्छु पो भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई झन् जोखिम होला भनेर हामीले नै हिम्मत गर्‍यौं ।´ जनस्वास्थ्य निरीक्षक पोख्रेलले भने, ‘सुरुमा मैले अगाडिबाट दुबै काँध थापेँ । पछाडितिर महिला कर्मचारीहरुलाई बोक्न भनें । पछि आलोपालो गरियो ।’

स्वास्थ्य चौकी प्युठानको चुजाठाँटी बजार नजिकै पर्छ । जिवाको घर जाँदा त्यही बजारको बाटो हुँदै जानुपर्छ । स्वास्थ्य चौकीमा आएका व्यक्तिहरुले बोक्न नमाने पनि बजारबाट कसै न कसैले पक्कै काँध थापेर साथ देलान् भन्ने लागेको थियो स्वास्थ्यकर्मीहरुलाई । तर, बजार क्षेत्रबाट पनि कोही सहयोगी निस्किएन् । बरु पादक पदार्थ खाएर नानाथर कुरा गर्न थाले गाउलेहरु । ‘महिला कर्मचारीहरुले बोकेको देखेपछि बजारबाट कोही न कोही साथ दिन पक्कै आउँछन् भन्ने लागेको थियो । तर बजारका मान्छे एक जना पनि आएनन्, सोध्दा पनि सोधेनन्,’ पोख्रेलले भने । तर स्थानीयका अनुसार गाउँमा पुरुष र युवाहरुको अभाव छ । भएका केही व्यक्तिहरु पनि खेतीपातीको समय भएकाले व्यस्त थिए । `म आफैं हिँडेर जान्छु भन्न थाल्नुभयो । भर्खरकी सुत्केरीलाई रक्तश्राव जस्ता जटिलता होला भनेर हामीले नै बोक्यौं’, सुत्केरी जिवा विकलाई बोकेकी अनमी पार्वता पुन बताईन । तर धरमपानी स्वास्थ्य चौकीबाट सुत्केरी जिवाको घर करिब एक घण्टाको दूरीमा छ । उनको घर पुग्न मूल बाटो छोडेर करिब आधा घण्टा गोरेटो बाटो हिँड्नुपर्छ । पानी परेकाले गोरेटो बाटो पनि चिप्लो थियो ।

जनस्वास्थ्य निरिक्षक पोख्रेल भन्छन् , ‘६० केजीकी जिवालाई बोकेर हिँड्न निकै सकस भएको थियो । बीचमा त म आफैं लडेँ तर स्टेचरबाट सुत्केरीलाई खस्न दिइएन,’ जनस्वास्थ्य निरीक्षक पोख्रेल भन्छन्, ‘जसोतसो सकुशल घरसम्म पुर्‍याउँदा हामीलाई पनि आनन्द लाग्यो । तर स्वास्थ्यचौकी फर्किंदा हामीलाई पानीले भिजायो ।’ `हामीले केहीबेर दुःख पाए पनि सुत्केरी र शिशु दुवै स्वस्थ हुनुहुन्छ भन्ने कुरा सुनेका छौं । त्यही थाहा पाउँदा पनि आनन्द लाग्छ ।’ उनले भने ।

अप्ठ्यारो अवस्थामा छरछिमेकले साथ नदिए पनि स्वास्थ्यकर्मीको सहयोगले आफूले पुनर्जीवन पाएझैं लागि रहेको जिवाले सुनाईन्। ‘मेरो अवस्था र परस्थिति देखेर स्वास्थ्यकर्मी खट्नुभो । तपाईंको कोही छैन भनेर पीर नगर्नुस् हामी छौं भन्नुभयो ।´ जिवाले भनिन् । ‘नयाँ जिन्दगी सुरु गरेकोजस्तो लागेको छ, उहाँहरुलाई धेरैधेरै धन्यवाद छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement

समाचार

छुटाउनुभयो कि ?

O valor e os limites de comparar opções de entretenimento online

Uma comparação só é útil quando ajuda cada pessoa a responder às próprias prioridades, em vez de declarar uma opção vencedora para...

Exploring payment methods at 1Win India: fast, reliable, and secure options

In the ever-evolving world of online gambling, payment methods play a crucial role in ensuring a seamless experience for playe...

What to expect from 1Win India: a guide to secure payments and thrilling gameplay

As online gaming continues to evolve, platforms like 1Win India are becoming increasingly popular among players seeking exciti...

Zahraničné kasína pre Slovákov: Najlepšie promo ponuky, ktoré by ste nemali prehliadnuť

V súčasnosti sa čoraz viac Slovákov zaujíma o zahraničné kasína, ktoré ponúkajú atraktívne promo ponuky a široký výber hier. T...