भिमकला कुवर
प्यूठान । नेपाल पत्रकार महासंघ नेतृत्वले सदस्यता बितरण बिधान बिपरित गरि गैर पत्रकारलाई सदस्याता दिएको भन्दै नेपाल प्रेस युनियनले चरणबद्ध आन्दोलन गरिरहेकोछ । 
महासंघको केन्द्रीय कार्यालय देखि प्रदेश, जिल्ला र एशोसियट्स शाखाहरुमा समेत तालाबन्दी गरि आज महासंघ केन्द्रीय मुख्यालय देखि देश भर धर्ना दिएकोछ । प्यूठान शाखामा पनि आज युनियनले धर्ना दिएकोछ ।

पत्रकार महासंघको गरिमा कायम नभएको, सदस्यता बितरण गर्दा बिधान बिपरित मनोमानी रुपले गरेको, शुद्धीकरण गर्दा पक्षपात गरिएको भन्दै युनियनले सच्चाउन माग गर्दै आन्दोल गर्दै आएकोछ । जस्ले गर्दा केन्द्रीय निर्बाचन समितिले निर्बाचन प्रकृया अगाडि बढाउन सकेकोछैन ।




